Monday, September 23, 2024

‘ग्रिन सिटी’ अभियानको काममा मेयर शाक्य नै असन्तुष्ट

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहरलाई ‘ग्रिन सिटी’, ‘क्लिन सिटी’ र ‘नो माक्स सिटी’ बनाउने काममा प्रगति भएपनि अाफूहरू सन्तुष्ट  हुन  नसकेकाे बताएका छन्।

महानगरकाे वातावरण व्यवस्थापन विभागद्वारा मंगलबार अायाेजित  ‘सामुदायिक विद्यालयको वातावरण सम्बन्धी अनुगमन कार्यको मूल्यांकन एवं समीक्षात्मक’ कार्यक्रममा मेयर शाक्यले भने, ‘काठमाडौंलाई ‘ग्रिन सिटी’, ‘क्लिन सिटी’ र ‘नो माक्स सिटी’ बनाउन महानगर नीति नै बनाएर काम गरिरहेको छ । यसमा हामीले धेरै काम गरेका छौं ।

उनले काठमाडौंलाई धुँवा, धुलोरहीत सहर बनाउन महानगरले धेरै प्रगति गरेता पनि जनतालाई महसुस गराउन भने नसकेको तर्क गरे। ‘हामीले धेरै काम गरेका छौं। तर, पनि यो कामदेखि सन्तुष्ट छैनौं,’ उनले भने, ‘हामीले हरियाली सहर बनाउने काम गरिराखेका छौं, तर कसैलाई महसुस गराउन सकेका छैनौं।’

मेयर शाक्यले प्रत्येक सामुदायिक विद्यालयहरुलार्इ खाली ठाउँमा वृक्षरोपण गर्न महानगरले पत्रचार गरेको बताए । विद्यालयको फोहोर व्यवस्थापन र वृक्षरोपणका लागि महानगरले सहयोग गर्ने उनले बताए।

उपमेयर हरिप्रभा खड्कीले विद्यार्थीहरुले सफा, सुन्दर र हरियाली वातावरणमा पढ्ने पाउनुुपर्ने बताइन्। ‘विद्यालय सफा, सुन्दर र हरियाली बनाअाैं। विद्यार्थीलाई विद्यालय जाने स्वच्छ वातावरणको सिर्जना गरौं,’ उनले भनिन्, ‘विद्यालयमा प्लास्टिक समानको कम प्रयोग गर्न विद्यार्थीहरुलाई प्रोत्साहन गराऔं।’

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले विद्यालयको वातावरण स्वच्छ र हरियाली भएमा विद्यार्थीले पनि गुणस्तर शिक्षा आर्जन गर्ने बताए।

महानगरले गत वैशाखमा विद्यालय वरिपरिको वातावरण सरसफाइ, फोहोरमैला, खानेपानी, शौचालय व्यवस्थापन तथा हरियाली प्रवद्र्धन गरि विद्यालयलाई सफा र स्वच्छ राखी अनुकूल शैक्षिक वातावरण निर्माण गरेको छ, छैन भनी महानगरका ८९ सामुदायिक विद्यालयमा अनुगमन गरको थियो ।  विभागले गरेको अनुगमनमा महानगरका ९ सामुदायिक विद्यालयले मात्र सफा र स्वच्छ वातावरणमा शिक्षा प्रदान गर्दै आएको पाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार