जब शिक्षकले दाइजाेस्वरूप एक हजार विरूवा मागे…

तस्बिर स्राेत : दि हिन्दु

काठमाडौं– भारतको उडिसा राज्यको एक विद्यालयका शिक्षकले विवाहमा दाइजोस्वरुप १ हजार विरुवा लिएका छन्।

विवाहको कुरा भइरहँदा ३३ वर्षीय सरोज कान्त विसवालले केटीपक्षसँग दाइजोस्वरुप १ हजार विरुवा माग गरेका थिए। केटी पक्षले उनको मागलाई निकै पुरा गरिदिएको छ। जब विवाहको कुरा भइरहेको थियो उनले दाइजो स्वरुपजम्मा १ हजार रुखका विरुवा मात्र माग गरेका थिए।

शुरुमा केटीपक्ष यसका लागि तयार थिएनन् तर, उनी आफ्नो अडानमा दृढ रहे। उनले आफ्नो गाउँमा ‘रुख साथी हो’ भन्ने अभियान सञ्चालन गरिरहेका छन्। जब जुन २२ मा उनको विवाह भयो, उनको ससुराली पक्ष एक ट्रक रुखको विरुवा लिएर आयो र त्यसमध्ये अधिकांश फलफूलका विरुवा थिए।

दाइजोस्वरुप प्राप्त गरेका विरुवा उनले गाउँमा वितरण गरेका छन्। विवाहमा घरमा आएका प्रत्येक पाहुनालाई उनले उपहार स्वरुप विरुवा दिएर पठाए। ‘म दाइजोको विरोधमा छु। रुखको संरक्षणको सन्देश फैलाउन चाहान्छु। मेरो अभियानको बारेमा साथीहरु र गाउँलाई सन्देश दिने राम्रो अवसर विहे नै हो,’ विसवालले भनेको दि हिन्दु पत्रिकाले उल्लेख गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार