Monday, September 23, 2024

कुकुरलार्इ सार्वजनिक स्थानमा दिसा गराए महानगरले कारबाही गर्ने

काठमाडौं–काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा दिसापिसाब गराए कारबाही गर्ने चेतावनी दिएको छ।

कुकुरको दिसापिसावमा फेसल कोलिफर्म नामक जीवाणु हुने र उक्त जीवाणु विभिन्न प्रक्रियाबाट मानिसको शरीरमा पस्ने खतरा रहने भएकाले घरमै दिसा गराउन महानगरले सार्वजनिक सूचना जारी गरेको हो।

महानगरपालिकाका सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठद्वारा जारी सार्वजनिक सूचनामा भनिएको छ, ‘कुकुरको एक ग्राम दिसामा २ लाख ३० हजार फेसल कोलिफर्म ब्याक्टेरिया हुन्छ। कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्छन्।’

घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा दिसापिसाब गराउने प्रचलन रहेका बेला महानगरले यस्तो चेतावनी दिएको हो।
महानगरपालिकाको तथ्यांकअनुसार हाल काठमाडौंमा ८० हजार घरपालुवा र २२ हजार सामुदायिक (छाडा छोडिएका) कुकुर छन्।

महानगरद्वारा जारी सार्वजनिक सूचनाकाे पूर्ण पाठ

ताजा समाचार

सम्बन्धित समाचार