Monday, September 23, 2024

चेन्नई–सलेम प्रस्तावित राजमार्ग: कृषक र वातावरणविद्काे विरोध

काठमाडौं–भारतको तमिल नाडु राज्यका कृषक तथा वातावरणविद्ले चेन्नई र सलेमलाई जोड्ने प्रस्तावित राजमार्गको विरोध गरेका छन्।

प्रस्तावित ८ लेनको सो राजमार्गले २ शहरबीचको दूरी ६८ किलोमिटरले कम गर्ने र समय पनि थोरै हुने इन्डिया टुडे पत्रिकाले जनाएको छ। किन कृषक र वातावरणविद्ले यसको विरोध गरिरहेका छन त?

यस्तो छ, राजमार्गको विस्तृत विवरणः

–चेन्नई–सलेम राजमार्ग निर्माणका लागि कृषि योग्य जमिन अधिग्रहण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका छन्।

–सरकारले दिने क्षतिपूर्ति बजार भाउभन्दा निकै कम भएको भन्दै कृषकहरूले त्यसको विरोध गरिरहेका छन् ।

–सो राजमार्गको निर्माणले धानको उत्पादनमा कमी आएको कृषकहरूको भनाइ छ।

–कृषकहरूसँग सम्बन्धित धेरै संस्थाले राजमार्ग निर्माणको विषयमा आफूहरुसँग परामर्श नगरिएको बताएका छन्।

–यो राजमार्ग धेरै कृषियोग्य जमिन भएर जान्छ ।

–सो राजमार्गले यस क्षेत्रको वातावरणमा प्रतिकुल असर गर्ने वातावरणविद्को दाबी छ।

–विरोधस्वरुप कृषकहरुले आफ्नो घर र नजिकैको जंगलमा मंगलबार कालोझण्डा गाड्ने तयारी गरिरहेका छन्।

–त्यसैगरी उनीहरुले सरकारी आदेश जलाउने कार्यक्रम राखेका छन्।

–सरकार यो राजमार्गले यात्राको समय घटाउने र इन्धनको समेत बचत गर्ने बताइरहेको छ।
स्रोत : इन्डिया टुडे

ताजा समाचार

सम्बन्धित समाचार