Monday, September 23, 2024

‘भूमि सुशासन’ एप्सबाट पाउन सकिन्छ यी जानकारी

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’मोवाइल एप्स ल्याएको छ । मन्त्रालयका अनुसार यो एप्सको प्रयोगले भूमि सम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सकिनेछ ।

यो मोवाइल एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरुको जानकारी, कार्यालयहरुको लोकेशन, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि, भूमि शब्दकोष समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

साथै सजिलोमा कन्भर्ट हुने गरी भूमि सम्बन्धित नाप जाँज सम्बन्धी इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बार सोधिने प्रश्नहरू पनि मोबाइल एप्समा समेटिएको छ ।

आइतबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले ‘भूमि सुशासन’ एप्सको सार्वजनिक गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार