Monday, September 23, 2024

रेडपाण्डाको छाला सहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले रेडपाण्डाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट रेडपाण्डाको छाला १ थान र बा.५८ प १३७८ नम्बरको मोटरसाइकल सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका–१ का २४ वर्षीय आङदावा शेर्पा, काठमाडौं बुढानिलकण्ठे नगरपालिका–१० बस्ने सोलुखुम्बु माकुलुङ–१ का २२ वर्षीय लाक्पा शेर्पा र काठमाडौं बुढानिलकण्ठम नगरपालिका–१० कपन बस्ने सोलुखुम्बु माकुलुङ–१ का २३ वर्षीय आङचिन्डु शेर्पा रहेका छन् ।

बौद्ध फूलबारीस्थित कैलाश गेष्टुहाउस नजिक रेडपाण्डाको छाला लुकाई छिपाई राखेको सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिई संयुक्त प्रहरी टोलीले जाँच गर्दा उक्त छाला र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार