Monday, September 23, 2024

यार्सागुम्बा सहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले १ किलो यार्सागुम्बा सहित तीन जनालाई पक्राउ गरेको छ । अवैध रुपमा बिक्री बितरणको लागि बोकेर हिडीरहेको अवस्थामा प्रहरीले काठमाडौं महानगरपालिका–२७ बाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३४ वर्षीय राज हमाल, कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय नरीलाल कोईराला र जुम्ला सिन्जा घर भई काठमाडौं नयाँबसपार्क बस्ने ३८ वर्षीय दान बहादुर रोकाय रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार