Monday, September 23, 2024

विवेकशील साझाद्वारा चन्दागिरीमा वृक्षरोपण (फोटो फिचरसहित)

चन्द्रागिरीमा वृक्षराेपण गर्दै विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रसहितका नेताहरू। तस्बिर साैजन्य : विवेकशील साझा।

काठमाडौं– विवेकशील साझा पार्टीले दहचोक ( चन्द्रागिरी–१) मा वृक्षरोपण गरेको छ।

सामाजिक अभियान अन्तर्गत केउरानी सामुदायिक उपभोक्ता समूहको वन परिसरसहित खुुला क्षेत्रमा करीब ९ सय विरुवा रोपिएको विवेकशील साझाले जनाएको छ।

वृक्षरोपणपछि विवेकशीलले प्रेस नोट जारी गर्दै भनेको छ, ‘विवेकशील साझा पार्टीले काठमाडौँ लगायत देशैभरि सफा र हरियाली बनाउन स्थानीयलाई प्रेरित गर्नेछ।’

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विरुवाहरुको स्याहारसुसार अनि संरक्षणमा समेत ध्यान दिन स्थानीयलाई अनुरोध गरे।

वृक्षरोपण कार्यक्रममा केन्द्रीय सदस्यहरु मिलन पाण्डे, अर्जुनसिंह ठकुरी, मानवी पौड्याल, डा दिनेश प्रशाई लगायतको उपस्थिति थियो।

 

ताजा समाचार

सम्बन्धित समाचार