Monday, September 23, 2024

हनुमन्ते सफाइमा पाँच टन फोहोर

भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको शनिबार १७ औं हप्तामा पाँच टन फोहोर संकलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानामा रहेको थिमि गठ्ठाघरबाट बालकोट जाने सडकको झोलुङ्गे पुल क्षेत्रमा हनुमन्ते नदीको सरसफाइ गरिएको थियो ।
नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गरेको आजको सरसफाइमा उनले हनुमन्तेमा सफाइ सफल पार्न यसको मूलदेखि नै सफाइ हुनुपर्ने बताए ।
मूल सफा भए अन्य क्षेत्र पनि सफा हुने बताउँदै उनले हनुमन्ते सफाइमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा नगर प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेतलगायत नेकपा, नेपाली काँग्रेस लगायतका पार्टीका प्रतिनिधि, जिल्लाका विभिन्न संघ संस्था, नगरपालिका, विद्यार्थी, स्थानीय बासिन्दा, रेयूकाइ नेपालका प्रतिनिधि र अभियन्ता गरी ४५० जनाको सहभागिता रहेकोे हनुमन्ते सफाइ अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए । विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म २२५ टन फाहोर संकलन भएको उनले जानकारी दिए । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार