Monday, September 23, 2024

मनसुन विस्तारै सक्रिय बन्दै

काठमाडौ : मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन ।

सामान्यत नेपालमा (१० जुन)बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन ९जेठ २५० देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमानसहित महाशाखाले घोषणा गरेको थियो । अहिले कमजोर रहेको मनसुन क्रमिकरुपमा विस्तारै बलियो हुँदै जाने मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

“मनसुन विस्तारै सक्रिय बन्दै गएको छ, देशका पूर्व र मध्य क्षेत्रमा यसको गतिविधि देखिन्छ । पश्चिमी भेगमा भने पश्चिमी वायुको प्रभाव देखिएकाले मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ”, उनले भनिन्।

असारमा धान रोप्ने मुख्य मौसममा पर्याप्त वर्षा नहुँदा किसान खिन्न भएका छन् । काठमाडौँ उपत्यका आसपासका फाँटमा समेत वर्षाको अभावमा रोपाइँ हुन सकेको छैन ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी सिमरामा ३६ तथा दीपायलमा २० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ६, भैरहवामा ८, दाङमा ७ र ताप्लेजुङमा ३ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९।५ र न्यूनतम २०।४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार