Sunday, September 22, 2024

र्‍याप्टिङमा भाग लिन जाने टोलीकाे बिदाइ

काठमाडौं– चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय र्‍याप्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ।

चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय र्‍याप्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई शुक्रबार नेपाल र्‍याप्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गरेका हुन्।

उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ अधिकारी, नेपाल र्‍याप्टिङ एशोसिएसनका अध्यक्ष निमबहादुर मगर, महासचिव शिव अधिकारी र खेलाडी लीलाबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनिल गुरुङ छन्।

नेपालसहित २० देशका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार डलर पाउनेछन्। उक्त प्रतियोगितामा र्‍याप्टिङसम्बन्धी २० खेल हुनेछन्।

ताजा समाचार

सम्बन्धित समाचार