Sunday, September 22, 2024

सालककाे खपटासहित तीन जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसरले खालकको खपटा बेचबिखन गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ अष्टनारायण हल नजिक सालकको खपटा बेचबिखन गर्ने धादिङ घर भएका २० वर्षीय सन्जय जिसी, २६ वर्षिय प्रमोद आले मगर र २६ वर्षीय नारायण थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उक्त ठाउँमा सालकको खपटा बेचबिखन गर्न लागेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले झोला बोकी हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा सालककाे खपटा फेला पारेकाे प्रहरी जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सालकको खपटा सहित जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार