Sunday, December 14, 2025

धरहरा पुनर्निर्माणका लागि ६ कम्पनीको आवेदन

काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि चिनियाँ कम्पनीसँगको सहकार्यमा ६ कम्पनीको आवेदन परेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३० वैशाखमा आह्वान गरेको बोलपत्र बिहीबार खोल्दा ६ कम्पनीले धरहरा पुुनर्निर्माणका निर्माणका लागि कम्पनीले चिनियाँ कम्पनीको सहकार्यमा ‘जोइन्ट भेन्चर’मा बोलपत्र पेस गरेका हुन्।

प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरले दर्ता भएका बोलपत्रको मूल्यांक एक सातामा सकिने बताए। बोलपत्रको मूल्यांकङ्न भएपछि एक साताभित्र त्यसको जानकारी दिनुपर्ने कानूनी व्यवस्था रहेको उनले बताए।

असारभित्र धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने प्राधिकरणको लक्ष्य छ। धरहरा पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने अनुमान छ।

सम्बन्धित समाचार
धरहरा पुनःनिर्माणका लागि टेण्डर आह्वान
यस्तो बन्दैछ २२ तले धरहरा

ताजा समाचार

सम्बन्धित समाचार