Sunday, September 22, 2024

विपद् जोखिम न्यूनीकरणमा कम्तिमा पाँच प्रतिशत बजेट छुट्याउन आग्रह

काठमाडौं– विपद् जोखिम न्यूनीकरणका लागि कम्तिमा पाँच प्रतिशत विनियोजन गर्न सरकारसँग आग्रह गरिएको छ।

काठमाडौंमा सम्पन्न ‘विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले विपद् जोखिम व्यवस्थापन, क्षति लेखाजोखाबाट संकटासन्नता लेखाजोखा, उद्धार तथा पुनःस्थापनाबाट जोखिम न्यूनीकरण गर्नेतर्फ अग्रसर हुनुपर्ने निस्कर्षसहित बजेट वृद्धिको माग गरेको हो।

नेपालमा बाढीपहिरो, आगलागी, चट्याङ जस्ता ५ सय विपद्बाट वार्षिक औसतमा ९ सय व्यक्तिको ज्यान जाने गरेको छ। विपद् जोखिम न्यूनीकरणका लागि सरकारले प्राधिकरण गठनको तयारी गरिरहेका बेला सम्मेलनले बजेट वृद्धिको माग गरेको हो।

विपद्को व्यवस्थापन गर्न सरकारको नेतृत्वमा १५ वर्षे थप नयाँ राष्ट्रिय कार्यक्रमको विकास गरी कार्यान्वयन गर्नुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ।

सम्मेलनमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा कार्यरत विश्वका झण्डै १२ राष्ट्रका २ सय भन्दा बढी विज्ञ सहभागी थिए।

ताजा समाचार

सम्बन्धित समाचार