Sunday, September 22, 2024

सिथी नखः को अवसरमा रानीपोखरी सरसफाइ

रानीपाेखरी सरसफाइ गरिँदै। तस्बिर साैजन्य : एलिना ताम्रकार

काठमाडौं– नेवार समुदायको सिथी नखः पर्वको अवसरमा मंगलबार रानीपोखरी सरसफाइ गरिइको छ।

मास, मुगीका बारा खाने र पानीका मुहान इनार, धारा सफा गर्ने पर्वको अवसरमा सेभ हेरिटेजको अगुवामा ऐतिहासिक रानीपोखरी सरसफाइ गरिएको हो।

सफाइ अभियानमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हिसिया यमी, सेभ हेरिटेजका अभियन्ता, सुरक्षाकर्मी, स्थानीयसहितको सहभागीता रहेको थियो।

१२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरी परिसरको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको क्रममा रहेको छ। तर, रानीपोखरी पुनर्निर्माण अलपत्र छ, पोखरीमा अहिले घाँस उम्रिएको छ। पुनर्निर्माणमा कंक्रिटको प्रयोग भएपछि विरोध हुँदा अहिले महानरपालिकाले एतिहासिकता कायम राख्ने गरी पुनर्निर्माणको तयारी गरेको छ।

यसैबीच, रानीपोखरी पुनर्निर्माणको काम चाँडो थाल्नुपर्ने माग गर्दै सेभ हेरिटेजले मंगलबार नै काठमाडौं महानगरापालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्र बुझाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार