Sunday, December 14, 2025

दूधमा अखाद्य वस्तु मिसावट गर्नेलाई छाड्दिन :मन्त्री खनाल

काठमाडौं — कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अखाद्य वस्तु मिसावट गरेर दूध उत्पादन एवम् विक्री गर्ने उद्योगहरूलाई नछाड्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा प्रशोधित दूध उत्पादन गर्ने व्यवसायी र सरोकारवालाहरूसँगको छलफलमा बोल्दै मन्त्री खनालले भने – ‘अनुगमन जतिबेला जहाँ पनि हुन्छ । जनताको स्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छाडिन्न ।’

मन्त्री खनालले उद्योगी व्यवसायीलाई स्वच्छ दूध उत्पादन गरेर जनताको स्वास्थ्यको ख्याल राख्न व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

‘उत्पादनमा मिसावट नगर्नुहोस्, सरसफाइ र जनताको स्वास्थ्यको ख्याल गर्नुहोस् । उनले व्यवसायीहरूलाई भने, ‘जबसम्म तपाईहरू आफ्नो उद्योगमा उत्पादित दूध स्वच्छ मनले खान सक्नुहुन्न तबसम्म उपभोक्तालाई मनाउन सक्नुहुँँदैन ।’

यो पनि पढ्नुहोस्

जनतालार्इ विष खुवाउने डेरी उद्योगहरू (सूचीसहित)

ताजा समाचार

सम्बन्धित समाचार