Sunday, September 22, 2024

पत्रपत्रिकामा आज : प्रदूषणले आँखाको दृष्टि गुम्दै, फोहोरले गोरखा बजार दुर्गन्धित

काठमाडौं–आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । प्रदूषणले आँखाको दृष्टि गुम्दै, फोहोरले गोरखा बजार दुर्गन्धित, भट्टाले भत्काउँदैछ पाँचखालको सुन्दरता, मेलम्चीको पानी अझै अनिश्चित लगायतका शिर्षकमा समाचार प्रकाशित भएका छन् ।
नयाँ पत्रिका
– गोरखा बजार दुर्गन्धित भएको समाचार आज नयाँ पत्रिकामा प्रकाशित छ । ‘ सेफ्टी ट्यांकीको फोहोरले गोरखा बजार दुर्गन्धित ’ शीर्षकमा उपेन्द्र खनालले सो खबर लेखेका छन् । गोरखा नगरपालिका –६ का केही स्थानीयले रातको समयमा सेफ्टी ट्यांकी खोलेर नालामा मिसाइदिँदा केही दिनदेखि गोरखा बजारमा दुर्गन्ध फैलिएको छ ।

राजधानी

–वर्षा सुरु भएसँगै सगरमाथा लोकमार्ग अवरुद्ध हुन पुगेको खबर राजधानीमा प्रकाशित छ । ईश्वर तामाङले लेखेको समाचारमा गाईभाट–दिक्तेल खण्डको सडकमा पर्ने जलकेनीमा वर्षापछि पहिलो खसेपछि एक हप्तादेखि सडक अबरुद्ध भएको उल्लेख छ । यस्तै दार्चुलामा पहिरोपीडितले पुनःस्थापनाको माग गरेको खबर पनि यहि छ । त्यस्तै वागलुङमा पहिरोले दुई गाँउ विच्छेद भएको समाचार पनि छ ।

नागरिक दैनिक
–नागरिक दैनिकमा प्रदूषणले आँखाको दृष्टि गुम्दै शिर्षकमा समाचार प्रकाशित भएको छ । काठमाडौँमा व्याप्त प्रदूषणले आँखाको दृष्टि गुम्ने खतरा बढ्दै गएको आँखा विज्ञहरूले बताएका छन् । आँखा चिलाउने, रातो हुने, आसु आउने सिधै घाममा हेर्न गाह्रो हुने विभिन्न थरीका आँखा पाक्ने रोग, आँखा सुख्खा हुने हुँदै आँखाको दृष्टि कमजोर हुने वा पूरै दृष्टि गुम्ने खतरा बढ्दै गएको आँखा विशेषज्ञहरूले औँल्याएको समाचारमा उल्लेख छ ।

त्यस्तै भट्टाले भत्काउँदैछ पाँचखालको सुन्दरता शिर्षकमा समाचार प्रकाशित भएको छ । काभ्रेको पाँचखाल नगरभित्र सय मिटरको फरकमा सञ्चालित इँटा भट्टाले उपत्यकाको स्वरुप नै परिवर्तन गरिदिएको छ । सहरको पुरानो मौलिकता भट्टाकै कारण खोसिँदै छ । यी भट्टा स्कुल, स्वास्थ्य केन्द्र, जंगल, नदी र ऐतिहासिक रानीपोखरीको आडैमा रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै मेलम्चीको पानी अझै अनिश्चित भन्ने शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । मेलम्चीको पानी कहिले आउला ? यो प्रश्न उपत्यकावासीले वर्षौदेखि गर्दै आएका छन् । सरकार पनि बेलबेला यसको मिति सार्वजनिक गर्छ । तर, पटक पटक मिति गुज्रदा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै कति समय लाग्ने भन्ने ठेगान नभएको समाचारमा छापिएको छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टले रुप फेर्दै रुपाताल भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको छ । कास्कीको तेश्रो ठूलो रुपा तालको संरक्षण गर्न बाँध निर्माण र ताल विस्तारको प्रक्रिया अघि बढेको छ । ४ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ लागतमा ताल संरक्षणको काम अघि बढेको हो । कास्कीका सबै तालमा बाँध निर्माण भए पनि रुपाताल बाँधविहीन रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै वातावरणीय प्रभाव मूल्यांकन नगरी ढुंगा उत्खनन् शिर्षकमा अर्काे समाचार छापिएकाे छ । बाढीकाे जाेखिम न्यूनीकरणा गर्न नदी च्यानलाइज गर्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकननै नगरी नदीबाट ढुंगा उत्खनन् गरिएकाे छ । विपद व्यवस्थापन समिति तथा नगरपालिकाकाे निर्णयपश्चात ठाकुरबाबा नगरपालिकाले वडा नं ५  स्थित वनकट्टी घाटमा रहेकाे ढुंगा उत्खनन् गरेकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार