Friday, August 15, 2025

सरकारद्वारा खानेपानी संस्थानका १० बोर्ड सदस्यको दरबन्दी कटौती

काठमाडौं–सरकारले नेपाल खानेपानी संस्थानका १० बोर्ड सदस्यको दरबन्दी कटौती गरिदिएको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले बोर्ड सदस्य घटाएर ९ मा कायम राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

संस्थानमाा यसअघि १९ जना बोर्ड सदस्य रहने व्यवस्था थियो। सरकारले १० बोर्ड सदस्य कटौती गर्ने निर्णय गरेसँग अब ९ मात्र हुनेछन्।

ताजा समाचार

सम्बन्धित समाचार