Sunday, September 22, 2024

चुरेलाई जोगाउन बाबियोलाई कागज बनाऔँ : मुख्यमन्त्री पोखरेल

कपिलवस्तु :प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले चुरे क्षेत्रमा हुने डेढेको कारक बाबियोलाई कागज बनाउन उपयोग गरी हरियाली जोगाउनुपने बताएका छन् । राष्ट्रपति तराई–मधेस संरक्षण विकास समितिले शनिबार कपिलवस्तुमा आयोजना गरेको चुरे दिवस कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बाबियो जस्ता वनस्पतीलाई सहि सदुपयोग गरी अरु वनस्पती र रुखको संरक्षण गर्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले चुरे क्षेत्रलाई हरियाली र जलाधारको क्षेत्र बनाउनुपर्नेमा जोड दिए । ‘चुरेको संरक्षणसँग जनताको जीवन जोडिएको छ’ , उनले भने , ‘अरु प्रदेशको तुलनामा ५ नम्बर प्रदेशमा चुरेको भू–भाग बढी रहेकाले यसको संरक्षणमा स्थानीय जनताको साथ रहनुपर्छ । ’

ताजा समाचार

सम्बन्धित समाचार