Sunday, September 22, 2024

नुवाकोट दरबार टेकोको भरमा

काठमाडौं– ऐतिहासिक सम्पदाहरुको पुननिर्माण जतिसक्दो चोडो सक्ने भनेर सरकारले भनिरहदा भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको साततले दरबार टेकोको भरमा अडिएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्ष भन्दा वढि भैसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीयवासी भने चिन्तित वनेका छन् र्। भूकम्प गएको ३ वर्ष भइसक्यो , नुवाकोटका स्थानीय हिरा बहादुर डंगोलले भने र्, अझै पुनर्निर्माणको काम त्यत्ति अगाडी बढेको छैन , दुख लाग्छ ।’ जिल्लाको मात्र नभएर देशकै पहिचानको रूपमा रहेको साततले दरबार र यसको परिसरभित्र रहेको अरु दरबारको पुनर्निर्माण नहुँदा यो स्थानको पहिचानै गुम्ने हो कि भन्ने डर स्थानियमा छ । त्यसैले जतिसक्दो चाँडौ दरबार पहिलेकै संरचनामा बन्नुपर्ने तर्क मन्जु कुमारी शाहको छ र्। मन्दिर छिटो भन्दा छिटो बन्नुप¥यो , उनले भनिन् र्, जिल्लाको मात्र नभएर देशकै पहिचानको धरोहर हो । ’ दरबारको गाह्रो चर्किएको भmयाल ढोका र ईँट्टाहरू झर्ने जोखिमले गर्दा भूकम्पपछि त्यहाँ आगन्तुकलाई प्रवेश गर्न दिइएको छैन । पहिले धेरै पर्यटक आउने गरेकोमा अहिले दरबार सुनसान देखिने गरेको विदुर नगरपालीका वडा नं २ का सचिव सोभा डंगोलले बताइन् र्। अहिले दरवार क्षेत्र सुनसान देखिन्छ ’, उनले भनिन् र्, पर्यटक आउन पनि कम भएको छ । ’ पुरातत्व विभागले काठमाडौं उपत्यकासहित भूकम्पप्रभावित २५ जिल्लाका पुरातत्विक सम्पदाको पुनर्निर्माण कार्य तीव्र पारेको हो ।
दरबार पुनर्निर्माणको लागि चिनियाँ सरकारले अध्ययन गरी सकेको छ तर काम भने सुरु हुन सकेको छैन । पुननिर्माणको काम तत्काल थाल्न स्थानियले दबाब पनि दिइरहेका छन् । दरबार नजिकै रहेको भैरवी मन्दिरका पुजारी हरीमान सिंह डंगंोल भन्छन् र्, दरबार पुनर्निर्माणको लागि चिनियाँ सरकारले अध्ययन गरी सकेको छ । ’ दरबार वरीपरी रहेका मठ मन्दिरको पुरातत्व विभागले पुन निर्माण गरीरहेको छ । दरबारको भने बजेट अभाब लगाएतका कारण पुननिर्माणको काम रोकिएको स्मारक संरक्षण तथा दरबार हेरचार कार्यलयले जनाएको छ । यसरी सम्बन्धित निकायले विभिन्न चुनौति देखाउदै पछि हटनु भन्दा पनि चुनौतिसंग डटेर जति सक्दो चाडो ऐतिहासीक सम्पदाको पुननिर्माण गर्न आवश्यक देखिन्छ ।

सो समाचार रेडियो सगरमाथाकी पत्रकार रेखा श्रेष्ठले तयार पारेकी हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार