Sunday, September 22, 2024

पहिरोबाट पाँच घर जोखिमा

चौतारा–गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालयसहित पाँच घर उच्च जोखिममा परेका छन् ।

सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको तीनवटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले बताए । भूकम्पपछि पुनःनिर्माण गरिएका ती घर निर्माणको अन्तिमचरणमा छन् ।

सोही ठाउँ निवासी खड्गबहादुर श्रेष्ठ र साबिक तौथली– ७ मा पर्ने निर्माणाधिन सेतीदेवी आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष श्रेष्ठले बताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार