Sunday, September 22, 2024

‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४’ कार्की र आचार्यलाई

काठमाडौं । बाल अधिकारको संरक्षणका लागि पु¥याएको योगदानको कदर गर्दै केन्द्रिय बालकल्याण समिति र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थापना गरेको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४’ नेपाल वातावरण पत्रकार समूहकाे कार्यक्रम प्रस्तोता र टेलिभिजन रिर्पोटको लागि ‘नयाँ पुस्ता’ बाट दुर्गा कार्की र रेनुका आचार्यले प्राप्त गरेका छन् ।

गत बर्षबाट सुरु गरिएको यो बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारमा अघिल्लो बर्ष पनि नयाँ पुस्ताका संवाददाता सलिना उप्रेति र सस्कृति चालिसेले सो पुरस्कार संयुक्त रुपमा प्राप्त गरेका थिए ।

त्यसैगरी राष्ट्रिय समाचार समितीका पत्रकार सुशील दर्नालार्इ छापा माध्यमतर्फको पुरस्कार प्रदान गरीएको छ । नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गरिएको सो पुरस्कारको राशि रु २५ हजार रहेको छ।

त्यसैगरी पुरस्कार रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापामाध्यम तर्फ निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल, बाजुरा)लाई प्रदान गरिएको छ ।

टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समूह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल, रुपन्देही) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समूह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

त्यसैगरी यो वर्षको ‘साहसिक पत्रकार महिला पुरस्कार’ सगरमाथा आरोही राससकर्मी रोशा बस्नेत र पत्रकारहरु प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, डोल्मा शेर्पा, पूर्णिमा श्रेष्ठ र देउराली चाम्लिङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख २० हजार रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार