Sunday, September 22, 2024

जनतालार्इ विष खुवाउने डेरी उद्योगहरू (सूचीसहित)

काठमाडौं । कृषि,भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले अखाद्य वस्तु मिसावट गरेर दूध उत्पादन एवम् विक्री गर्ने उद्योगहरूको नाम सार्वजनिक गरेको छ ।

नाम सार्वजनिक गर्दौ मन्त्रालयले अनुगमनको क्रममा संकलित तथा प्रयोगशालामा परिक्षण गरेपछि २५ दूध उद्योगहरूले उत्पादन गरेका दूध मापदण्ड अनुरूप नपाइएको जनाएको छ ।

मापदण्ड पूरा नगरेका ती डेरी उद्योगहरूलाई प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको गर्नका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले बताएकोे छ ।

मन्त्तालयका सहसचिव तथा प्रवक्ता डा.योगेन्द्र कुमार कार्कीका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानमा भएका दूध प्रशोधन उद्योग मध्ये २५ डेरीका ४२ ब्राण्डका दूध केन्द्रिय खाद्य प्रयोगशालामा नमूना परीक्षण गरिएको थियो ।

जसमा १७ नमूनामा चिल्लो वस्तुमा कमि,९ नमूनामा चिल्लो बाहेक ठोस वस्तुको कमी र ४० नमूनामा स्वास्थ्यलाई हानी पुर्याउने सोडाको प्रयोग भएको पाइएको छ । मन्त्राललयले जारी गरेको विज्ञप्तीमा दूधको सुक्ष्म जैविक परीक्षण गर्न भने समय लाग्ने उल्लेख छ ।

मन्त्राललयले दुध प्रशोधन उद्योगवाट उत्पादित दूधको स्वच्छता एव गुणस्तरसहित दीर्घकालिन सुधारका लागि दूध उत्पादन,संकलन,चिस्यान,ढुवानी,प्रशोधन र विक्रि वितरणमा असल उत्पादन अभ्यासका सिद्धान्तका आधारमा नयाँ कार्यविधि,मापदण्ड निर्माणको कार्य अगाडि बढाउने जनाएको छ ।

दूधको स्वच्छता र गुणस्तर सम्बन्धमा उपभोक्ताको गुनासो सम्बोधन गर्न भन्दै सहकारी मन्त्री चक्रमणि खनाल,राज्यमन्त्री रामकुमारी चौधरीले बैशाख २८ गते काठमाडौंका बालाजु क्षेत्रका दूग्ध संस्थान,आधुनिक डेरी,पुष्प डेरी,सामूहिक कृषक डेरीमा निरीक्षण तथा अनुगमन गरेका थियो ।

प्याकेटमा उत्पादन मिति प्रष्ट नदेखिएको,स्तरीय गोदाममा भण्डारण नगरिएको,शंकास्पद धुलो दूधको प्रगोगशाला परीक्षणको लागि नमूना संकलन गरी ल्याइएको र परीक्षण प्रतिवेदन नहुन्जेल काठमाडौंको बालाजु क्षेत्रका ३ गोदाममा सिलबन्दी गरेको मन्त्रालयले बताएको छ ।

क्र.स कम्पनी उत्पादन मिति
आधुनिक/आधुनिक डेरी, बालाजु ०७५–०२–२७
अलिसाज/गल्फु बिनायक डेरी, कार्भे
अनमोल/आकृती दुध तथा कृषी, बालकोट ०७५–०२–२७
अनमोल/आकृती दुध तथा कृषी, बालकोट ०७५–०२–२७
अर्पण/जय श्री कृष्ण डेरी, काभ्रे
अर्पण/जय श्री कृष्ण डेरी, काभ्रे ०७५–०२–२७
अर्पण/जय श्री कृष्ण डेरी, काभ्र्रे
भक्तपुर डेरी, भक्तपुर ०७५–०२–२७
चौधरी डेलिसियस रेड/एच डि मिल्क एण्ड बेभरेजेस, काठमाडौं ०७५–०२–२६
चौधरी डेलिसियस रेड/एच डि मिल्क एण्ड बेभरेजेस, काठमाडौं ०७५–०२–२७
डेलि यु एच टि/हिमालय डेरी प्रडक्टस्, लगनखेल
डेलि यु एच टि/हिमालय डेरी प्रडक्टस्, लगनखेल ०७५–०२–२७
डेलि यु एच टि/हिमालय डेरी प्रडक्टस्, लगनखेल ०७५–०२–२७
डिडिसि काउ मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि फुल क्रिम मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि स्ट्यानडर्ड मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि एस टि डि मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि टि मिल्क, डिडिसि ०७५–०२–२७
एभ्रीडे/ जगदम्बा डेरी फुड एण्ड बेभरेजेस, भक्तपुर ०७५–०२–२७
१० गायत्री/ खरिपाटी डेरी, भक्तपुर ०७५–०२–२७
११ गोधुलि/ एच डि मिल्क एण्ड बेभरेजेस, काठमाडौं
१२ कालिका/ कालिका डेरी, भक्तपुर ०७५–०२–२७
१३ कान्तिपुर फ्रेस (ब्लु प्याक)/सन्जु डेरी, भक्तपुर ०७५–०२–२७
कान्तिपुर फ्रेस (रेड प्याक)/सन्जु डेरी, भक्तपुर ०७५–०२–२७
१४ नभ प्रभात/ नभ प्रभात डेरी, गोदावरि ०७५–०२–२६
१५ एन डीज/ नेपाल डेरी, धापाखेल ०७५–०२–२७
१६ नेभा/ कन्ट्री फुड प्रा.लि, भक्तपुर
१७ आरडिसी/ राजधानी डेरी, काठमाडौं ०७५–०२–२७
१८ सफल/सुजल डेरी, थानकोट जुन १०
१९ सन्जीभनी/सन्जीभनी डेरी उद्योग, भक्तपुर
सन्जीभनी/सन्जीभनी डेरी उद्योग, भक्तपुर ०७५–०२–२७
२० सिभम/ सिभम डेरी भक्तपुर ०७५–०२–२७
सिभम/ सिभम डेरी भक्तपुर ०७५–०२–२७
२१ कृष्ण/ सिताराम डेरी क्रितीपुर जुन १०
कृष्ण/ सिताराम डेरी क्रितीपुर जुन ९
२२ सुलभ (ब्लु प्याक)/ सामुहीक कृषक डेरी जुन १०
सुलभ (रेड प्याक)/ सामुहीक कृषक डेरी जुन १०
२३ टुडे/ हिमालयन डेरी प्रडक्टस्,लगनखेल ०७५–०२–२७
टुडे/ हिमालयन डेरी प्रडक्टस्,लगनखेल
२४ तुलसा/ तुलसा डेरी प्रा.लि, काठमाडौं ०७५–०२–२७
२५ यस/ सम्यूक्त डेरी, पाटन जुन १०

ताजा समाचार

सम्बन्धित समाचार