जनतालार्इ विष खुवाउने डेरी उद्योगहरू (सूचीसहित)

काठमाडौं । कृषि,भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले अखाद्य वस्तु मिसावट गरेर दूध उत्पादन एवम् विक्री गर्ने उद्योगहरूको नाम सार्वजनिक गरेको छ ।

नाम सार्वजनिक गर्दौ मन्त्रालयले अनुगमनको क्रममा संकलित तथा प्रयोगशालामा परिक्षण गरेपछि २५ दूध उद्योगहरूले उत्पादन गरेका दूध मापदण्ड अनुरूप नपाइएको जनाएको छ ।

मापदण्ड पूरा नगरेका ती डेरी उद्योगहरूलाई प्रचलित खाद्य ऐन अनुसार कानूनी कारवाहीको गर्नका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले बताएकोे छ ।

मन्त्तालयका सहसचिव तथा प्रवक्ता डा.योगेन्द्र कुमार कार्कीका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानमा भएका दूध प्रशोधन उद्योग मध्ये २५ डेरीका ४२ ब्राण्डका दूध केन्द्रिय खाद्य प्रयोगशालामा नमूना परीक्षण गरिएको थियो ।

जसमा १७ नमूनामा चिल्लो वस्तुमा कमि,९ नमूनामा चिल्लो बाहेक ठोस वस्तुको कमी र ४० नमूनामा स्वास्थ्यलाई हानी पुर्याउने सोडाको प्रयोग भएको पाइएको छ । मन्त्राललयले जारी गरेको विज्ञप्तीमा दूधको सुक्ष्म जैविक परीक्षण गर्न भने समय लाग्ने उल्लेख छ ।

मन्त्राललयले दुध प्रशोधन उद्योगवाट उत्पादित दूधको स्वच्छता एव गुणस्तरसहित दीर्घकालिन सुधारका लागि दूध उत्पादन,संकलन,चिस्यान,ढुवानी,प्रशोधन र विक्रि वितरणमा असल उत्पादन अभ्यासका सिद्धान्तका आधारमा नयाँ कार्यविधि,मापदण्ड निर्माणको कार्य अगाडि बढाउने जनाएको छ ।

दूधको स्वच्छता र गुणस्तर सम्बन्धमा उपभोक्ताको गुनासो सम्बोधन गर्न भन्दै सहकारी मन्त्री चक्रमणि खनाल,राज्यमन्त्री रामकुमारी चौधरीले बैशाख २८ गते काठमाडौंका बालाजु क्षेत्रका दूग्ध संस्थान,आधुनिक डेरी,पुष्प डेरी,सामूहिक कृषक डेरीमा निरीक्षण तथा अनुगमन गरेका थियो ।

प्याकेटमा उत्पादन मिति प्रष्ट नदेखिएको,स्तरीय गोदाममा भण्डारण नगरिएको,शंकास्पद धुलो दूधको प्रगोगशाला परीक्षणको लागि नमूना संकलन गरी ल्याइएको र परीक्षण प्रतिवेदन नहुन्जेल काठमाडौंको बालाजु क्षेत्रका ३ गोदाममा सिलबन्दी गरेको मन्त्रालयले बताएको छ ।

क्र.स कम्पनी उत्पादन मिति
१ आधुनिक/आधुनिक डेरी, बालाजु ०७५–०२–२७
२ अलिसाज/गल्फु बिनायक डेरी, कार्भे
३ अनमोल/आकृती दुध तथा कृषी, बालकोट ०७५–०२–२७
अनमोल/आकृती दुध तथा कृषी, बालकोट ०७५–०२–२७
४ अर्पण/जय श्री कृष्ण डेरी, काभ्रे
अर्पण/जय श्री कृष्ण डेरी, काभ्रे ०७५–०२–२७
अर्पण/जय श्री कृष्ण डेरी, काभ्र्रे
५ भक्तपुर डेरी, भक्तपुर ०७५–०२–२७
६ चौधरी डेलिसियस रेड/एच डि मिल्क एण्ड बेभरेजेस, काठमाडौं ०७५–०२–२६
चौधरी डेलिसियस रेड/एच डि मिल्क एण्ड बेभरेजेस, काठमाडौं ०७५–०२–२७
७ डेलि यु एच टि/हिमालय डेरी प्रडक्टस्, लगनखेल
डेलि यु एच टि/हिमालय डेरी प्रडक्टस्, लगनखेल ०७५–०२–२७
डेलि यु एच टि/हिमालय डेरी प्रडक्टस्, लगनखेल ०७५–०२–२७
८ डिडिसि काउ मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि फुल क्रिम मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि स्ट्यानडर्ड मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि एस टि डि मिल्क, डिडिसि ०७५–०२–२७
डिडिसि टि मिल्क, डिडिसि ०७५–०२–२७
९ एभ्रीडे/ जगदम्बा डेरी फुड एण्ड बेभरेजेस, भक्तपुर ०७५–०२–२७
१० गायत्री/ खरिपाटी डेरी, भक्तपुर ०७५–०२–२७
११ गोधुलि/ एच डि मिल्क एण्ड बेभरेजेस, काठमाडौं
१२ कालिका/ कालिका डेरी, भक्तपुर ०७५–०२–२७
१३ कान्तिपुर फ्रेस (ब्लु प्याक)/सन्जु डेरी, भक्तपुर ०७५–०२–२७
कान्तिपुर फ्रेस (रेड प्याक)/सन्जु डेरी, भक्तपुर ०७५–०२–२७
१४ नभ प्रभात/ नभ प्रभात डेरी, गोदावरि ०७५–०२–२६
१५ एन डीज/ नेपाल डेरी, धापाखेल ०७५–०२–२७
१६ नेभा/ कन्ट्री फुड प्रा.लि, भक्तपुर
१७ आरडिसी/ राजधानी डेरी, काठमाडौं ०७५–०२–२७
१८ सफल/सुजल डेरी, थानकोट जुन १०
१९ सन्जीभनी/सन्जीभनी डेरी उद्योग, भक्तपुर
सन्जीभनी/सन्जीभनी डेरी उद्योग, भक्तपुर ०७५–०२–२७
२० सिभम/ सिभम डेरी भक्तपुर ०७५–०२–२७
सिभम/ सिभम डेरी भक्तपुर ०७५–०२–२७
२१ कृष्ण/ सिताराम डेरी क्रितीपुर जुन १०
कृष्ण/ सिताराम डेरी क्रितीपुर जुन ९
२२ सुलभ (ब्लु प्याक)/ सामुहीक कृषक डेरी जुन १०
सुलभ (रेड प्याक)/ सामुहीक कृषक डेरी जुन १०
२३ टुडे/ हिमालयन डेरी प्रडक्टस्,लगनखेल ०७५–०२–२७
टुडे/ हिमालयन डेरी प्रडक्टस्,लगनखेल
२४ तुलसा/ तुलसा डेरी प्रा.लि, काठमाडौं ०७५–०२–२७
२५ यस/ सम्यूक्त डेरी, पाटन जुन १०

ताजा समाचार

सम्बन्धित समाचार