Sunday, September 22, 2024

पत्रपत्रिकामा आज : गर्मीले ८० हजार माछा मरे , बिस्केकमा हिउँ चितुवा सम्मेलन

काठमाडौं–आजका दैनिक पत्रपत्रिकाले वन र वातावरण क्षेत्रका विभिन्न विषय समेटिएका समाचार प्रकाशित गरेका छन् । २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा, बिस्केकमा हिउँ चितुवा सम्मेलन , काष्ठमण्डप पुनर्निर्माणमा १२ करोड काठमै खर्च हुने लगायतका खबर प्रकाशित छन् ।

अन्नपूर्ण पोस्ट
‘२ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा ’ शीर्षकमा अन्नपूर्णमा समाचार प्रकाशित छ । सागर पण्डितले लेखेको समाचारमा भूकम्पबाट प्रभावित १८ जिल्लाका २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ ।

सरकारले विभिन्न निकायले संयुक्त रुपमा गरेको भौगर्भिक अध्ययन प्रतिवेदनले १८ जिल्लाका २ सय ८६ गाउँका २ हजार ४ सय १८ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको औंल्याएको हो । भूकम्प प्रभावित १८ जिल्लाका २ हजार ४ सयभन्दा बढि घरपरिवार पनि पहिरोको जोखिममा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सो खबरमा मनसुनको समयमा जतिबेला पनि पहिरो गई धनजनको क्षती हुनसक्ने भएकाले भुगर्भविद्ले सुझाव दिएको पनि उल्लेख छ ।

ओखलढुंगाका सबै वनक्षेत्र ग्लोबल पोजिसनिङ सिस्टममा आवद्ध भएको खबर पनि छ । राजविराजमा आँप महोत्सव हुने ,रानीजमरामा सिँचाई अतिक्रमण भएको समाचार पनि सोही पत्रिकामा छ । यस्तै २० हजार उपभोक्ता खानेपानीबाट वञ्चित हुनुपरेको खबर वागलुङबाट दिल शिरीषले लेखेका छन् । तौलिहवामा गर्मीले ८० हजार माछा मरेको खबर दीपक आचार्यले लेखेका छन् । गर्मीका कारण बिक्रि गर्न तयार पारिएका माछा मरेपछि कपिलवस्तुका किसान निरास भएका हुन् ।

नागरिक दैनिक
चितवन सौराहा क्षेत्रमा पालिएका केही निजी हात्तीहरुलाई साङ्लोमुक्त गरिएको समाचार प्रकाशित भएको छ । सपना भिलेजमा पालिएका चार हात्तीलाई बुधबार साङ्लोमुक्त गरिएको खबर सविता श्रेष्ठले लेखेकी हुन् । यस्तै उपत्यकामा जार र बेटलको पानी उत्पादन गर्दै आएका उद्योगमध्ये २ सय ६ वटा नवीकरणबिनै सञ्चालन भएको पाइएको समाचार अर्जुन तामाङले लेखेका छन् । ।

राजधानी दैनिक
काष्ठमण्डप पुनर्निर्माणमा १२ करोड काठमै खर्च शीर्षककाे समाचार राजधानी दैनिकमा छ । पुनर्निर्माणमा २० करोड लाग्नेमा १२ करोड त काठको व्यवस्थापनमै सकिने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यस्तै काठ तस्करीको अभियोग लागेका डीएसपी निलम्बित भएको खबर पनि राजधानीमै छ ।

कान्तिपुर दैनिक
‘बिस्केकमा हिउँ चितुवा सम्मेलन ’ शीर्षकमा कान्तिपुरमा खबर प्रकाशित छ । अब्दुल्लाह मियाँले लेखेको सो खबरमा हिउँ चितुवा पाइने १२ देशका वन , वातावरण र जलवायु पविर्तन मन्त्रीहरुको उच्चस्तरीय बैठक बिहीबार र शुक्रबार किर्गिस्तानको बिस्केकमा हुँदैछ ।

सन् २०१७ देखि नेपालले हिउँ चितुवा पाइने देशका सदस्यको अध्यता समेत गरिरहेको छ । यसैगरी पर्सा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेका जंगली हात्तीको आक्रमणमा बुधबार निजगढ नगरपालिका–११ रतनपुरीका ६७ वर्षीय इन्द्रबहादुर तामाङको मृत्यु भएको खबर छ ।

ताजा समाचार

सम्बन्धित समाचार