Thursday, October 24, 2024

जडीवुटी खेती विस्तार गर्न सहयोग

काठमाडौं –वनस्पति विभागले जडीवुटी खेती विस्तार गर्ने कृषकलाई सहयोग गर्ने वताएको छ । विभागले एक सार्वजनिक सुचना जारी गदै आर्थिक वर्ष २०७४/०७५ को स्वीकृत जडीबुटी विकास कार्यक्रम अन्तर्गत जडीबुटी खेती विस्तार गर्न चाहने संघ/संस्था/समूह व्यक्तिलाई अनुदान सहयोग उपलब्ध गराउने जानकारी गराएको छ ।

अनुदान रकम ५०,००० रहेको छ । कृषकले अनुदान प्राप्त गर्नका लागि अनुदान पाउनको लागि लेखेको निवेदन, आवेदकको विवरण, खेती गर्न चाहेको स्थान, जग्गाको कित्ता नं, क्षेत्रफल र रोपण गरिएको विरुवाको संख्या, प्रजाती खुलाउनु पर्ने छ । त्यसैगरी अनुमानि लगानी, खर्च, अपेक्षित उपलब्धी, रोजगारी सिर्जना लगायतका विषय पनि खुलाउनु पर्ने विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार