Sunday, September 22, 2024

‘नेपाल भम्रण वर्ष २०२०’ को लोगोमा संशोधन

काठमाडौं –नेपाल पर्यटन बोर्डले ‘नेपाल भम्रण वर्ष २०२०’ को लोगोमा केही संशोधन गरेको बताएको छ ।

बैशाख २५ गते सार्वजनिक गरेको ‘नेपाल भम्रण वर्ष सन् २०२०’ को लोगोको विषयलाई लिएर सामाजिक सञ्जालमा व्याापक आलोचना भएपछि बोर्डले त्यसमा केही परिवर्तन गर्ने निष्कर्षमा पुगेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले मंगलबार ट्वीट गर्दै लोगोमा केही संशोधन गरेको  जानकारी दिएका छन् । ‘यहाँहरूका सुझावहरू ग्रहण गर्दै नेपाल भ्रमण बर्ष २०२० को लोगोमा केहि संशोधन गरिएको छ,’मन्त्री अधिकारीको ट्वीटमा भनिएको छ ।

संशोधन गरेको लोगोमा अग्रेजी अक्षर एनलाई क्यापिटल अक्षर बनाइएको छ भने २०२० मा रातो रङ्गको प्रयोग गरिएको छ । पहिला हरियो रङ्ग प्रयोग गरिएको थियो । त्यस्तै पहिलाको लोगोमा नदीको स्केच थियो भने अहिले त्यो हटाइएको छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठन गरिएको मूल समितिले वैशाख २५ गते उत्कृष्ट ५ लोगोमध्येबाट काठमाडौं बौद्धका ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएको लोगोलाई छानेको थियो ।

पर्यटन बोर्डले उत्कृष्ट लोगोका लागि १ लाख रूपैयाँ पुरस्कार तोकिएको थियो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को घोषण गरेको हो ।

सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो । यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट ‘नेपाल –९८’ र २०११ मा १० लाख पर्यटक भित्र्र्याउने लक्ष्य सहित ’नेपाल टुरिजम इयर’ मनाइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार