Sunday, September 22, 2024

बटुक भैरव मन्दिरमा डोजर,स्थानीय आक्रोशित

काठमाडौं– सरकारले सडक विस्तार गर्ने नाममा लगनखेलस्थित बटुक भैरवको मन्दिरमा डोजर चलाएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

सातदोबाटोबाट लखनखेल जाने सडक विस्तार गर्ने योजना काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजरले भत्काएपछि स्थानीय आन्दोलित भएका छन् ।

तस्वीर :सेभ हेरिटेज

स्थानीयले नेपाली सेनाले चलाएको पेट्रोलपम्पलाई जोगाएर यसको ठिक अगाडिको बटुक भैरवलाई मास्ने योजना सरकारले बनाएको आरोप लगाएका छन् । यो सडक २२ मिटर फराकिलो बनाउने गरी प्राधिकरणले डोजर चलाएको थियो ।

सुरक्षाकर्मीको सहयोगमा डोजर लिएर गएपछि मन्दिर छेउको गुठी जग्गाको कम्पाउन्ड भत्काइएको थियो । स्थानीयले आइतबार मन्दिर परिसरमा भेला भएर ललितपुर महानगरपालिका कार्यालयसम्म जुलुस प्रदर्शन गरेका थिए ।

स्थानीयले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको ध्यानाकर्षण गराएका छन् ।

मेयर महर्जनले मन्दिर परिसरमा डोजर चलाएको थाहा नभएको बताए । उनले यस सम्बन्धमा सम्बन्धित निकायसँग कुरा गर्न वाचा गरेका छन् ।

उनले बटुक भैरव मन्दिर सबैको सम्पदा भएकाले डोजर नचलाइने बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार