ललितपुर ५२ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा

काठमाडौं–२ वर्ष पहिले नै खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने भनिए पनि ललितपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा हुन सन् २०१८ को जुन नै कुर्नुपरेको छ। आइतबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रमकाबीच ललितपुरलाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ। खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने ललितपुर ५२ औं जिल्ला बनेको छ।

राष्ट्रिय सरसफाई सप्ताहको अवसरपारि ललितपुरलाई खुल्ला दिसामुक्त जिल्ला ओडिएफ घोषणा गरिएको हो। जिल्ला सरसफाई रणनिति अनुसार सन् २०१६ मै खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको थियो। ओडिएफका लागि आवश्यक सरकारी लक्ष्य पनि सकिएकाले ललितपुरलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको खानेपानी बिभागले जनाएको छ।

ललितपुरका सबै नगरपालिका, गाउँपालीका र वडाले आफना क्षे्त्रमा शौचालय बनाइसकेकाले खुल्ला दिसामुक्त घोषणा गरिएकोे जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ। ललितपुरमा २०६५ सालबाट सरसफाई अभियान सुरु गरिएको हो। ‘दीगो विकासको मूख्य आधार, स्वच्छ खानेपानी र सरसफाई युक्त व्यवहार’ भन्ने नाराका साथ सरसफाई सप्ताह गत जेठ २२ गतेदेखि सुरु भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार