Saturday, September 21, 2024

यस्तो छ तीन दिनको बाढी पूर्वानुमान

काठमाडौं– नेपालमा गत शुक्रबार मनसुन भित्रिएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘तीन दिनको बाढीको पूर्वानुमान’ थालेको छ।

महाशाखाका अनुसार जेठ २७, २८ र २९ गते देशको पूर्वी र मध्य भुभागको धेरैजसो स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ। जसका कारण साना नदीको जलस्तर बढ्न सक्ने भएकाले सचेतना अपनाउन महाशाखाले अपील गरेको छ।

‘देशका कोसी, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली कुनै पनि नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना देखिदैन। तर, सबै नदीहरुमा बहाव बढने क्रममा रहने देखिन्छ,’ महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ।

महाशाखाका अनुसार पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर पनि बाढीको अवस्थाबारे थाहा पाउन सकिन्छ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि बाढीको सम्भावनाबारे थाहा पाउन सक्नेछन्।

ताजा समाचार

सम्बन्धित समाचार