Saturday, September 21, 2024

पत्रकार मैनालीको ‘देखेको देश’

काठमाडौं–लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार मोहन मैनालीको निबन्धहरुको संग्रह ‘देखेको देश’ शनिबार लोकार्पण भएको छ । पुस्तक प्रदर्शनी हल, भृकुटीमण्डपमा एक समारोहकाबीच भएको कार्यक्रममा पुस्तक लोकार्पण भएको हो ।
पुस्तकमा मैनालीले विभिन्न स्थान भ्रमणको क्रममा देखेका र भोगेका सामग्रीहरु उल्लेख गरेका छन् । लोकार्पण कार्यक्रममा पुस्तकमाथि डा तीर्थबहादुर श्रेष्ठ र शरच्चन्द्र वस्तीले टिप्पणी गरेका थिए ।
यसअघि मैनालीका ’उपल्लो थलो’ र ’मान्ठा डराएको जुग’ प्रकाशित भएका थिए । उपन्यास र काव्यमा आफूलाई उतिसाह्रो सहज नहुने भन्दै निवन्ध संग्रहकै स्वरुपमा यो पुस्तक तयार पारेको बताएका छन् । उनले यस पुस्तकमा आफ्नो भोगाइ, यात्राका अनुभव, पुस्तक समीक्षा, सामाजिक वस्तुस्थिति र नेपालको राजनीतिक घटनालाई समष्टिगत रूपमा प्रस्तुत गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार