Saturday, September 21, 2024

१० वर्षपछि निर्धारित मिति अघि नै मनसुन

काठमाडौं – निर्धारित मितीभन्दा अघि नै नेपालमा मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार निर्धारित मितिभन्दा दुई दिनअघि शुक्रबार नेपालमा मनसुन सुरु भएको छ । झण्डै १० वर्षपछि निर्धारित मितभिन्दा अघि नै मनसुन सुरु भएको महाशाखाले जनाउको छ । सन् २००८ मा १० जुनकै दिन मनसुन सुरु भएको थियो । साधारणतया १० जुनदेखि सेप्टेम्बर २३ सम्म नेपालमा मनसुनी वर्षा हुन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८ सय ५ वर्षा हुने गर्दछ।
सो चार महिनाको अवधिलाई नेपाल लगायतका दक्षिण एसियाली देशमा मनसुनको समय भनिन्छ । गत वर्ष जुन १२ मा मात्र मनसुन सुरु भएकोमा यस वर्ष जुन ८ मै मनसुन प्रवेश गरेको मौसमविद बरुण पौडेलले जानकारी दिए। उनका अनुसार मनसुन केही दिन भित्रै नेपालभर फैलिने छ। यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू–भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९ सय ५ देखि १ हजार १ सय ५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार