Saturday, September 21, 2024

‘हाम्रा कुरा’ अनलाइनकाे कार्यालयमा अाक्रमणप्रति महासंघकाे ध्यानाकर्षण

काठामाडौं– ‘हाम्रा कुरा’ डटकममा प्रकाशित समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समूहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद नवीना लामाको निर्देशनमा शाहीको नेतृत्वमा गएको समूहले हुलहुज्जत गर्दै अनलाइनको समाचार कक्षमा कार्यरत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारलाई प्रकाशित समाचार तुरून्त हटाउन दबाब दिँदै धम्क्याएका थिए। सोही दिन दिउँसो अध्यक्ष तथा सांसद लामाले अनलाइनका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई ‘समाचार नहटाए उठाइदिने तथा सत्ता र शक्तिको दम्भ देखाउदै साईबर क्राईमको मुद्दा लगाएर थुनिदिने’ भन्दै फोनबाट धम्की पनि दिएकी थिइन्।

प्रकाशित समाचारको बारे अध्यक्ष तथा सांसद लामाले पठाएकोे खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिनु र फोनबाट सम्पादकलाई उठाइदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघले जनाएको छ।

त्यसैगरी अन्तराष्ट्रिय पत्रकार महासँघ एसिया च्याप्टरले पनि सो घट्नाको भत्र्सना गरेको छ। उसले नेपाल पत्रकार महासँघ र नेपाल प्रेस युनियनले जारी गरेको विज्ञप्तिमा आफ्नो समर्थन रहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार