Saturday, September 21, 2024

‘बीआरआर्इ’ मा सहभागी मुलुकलाई लक्षित गदै चीनले बनायो मौसम विज्ञान स्याटलाइट

काठमाडौं–बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना सहभागिता जनाउने मुलुकहरुलाई मौसमको पूर्वामान र मौसम सम्बन्धी अन्य भरपर्दाे र विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले चीनले नयाँ मौसम विज्ञान सम्बन्धी स्याटलाइटको निर्माण गरेको छ।

सो स्याटलाइटको परीक्षण सिचुवान प्रान्तमा गरिएको चीनको सरकार संस्था सिन्हाले जनाएको छ। पछिल्लोपटक चीनले बीआरआई परियोजनालाई संसारभर नै निकै आक्रामक ढंगले अगाडि बढाइरहेको छ।

सो स्याटलाइटले चीनको सम्पूर्ण भुभाग समेटनुका साथै विआआइमा संलग्न देश, दक्षिण एसिया र अफ्रिकाका केही मुलुकहरुलाई समेटने सो समाचार संस्थाले जनाएको छ। नेपालले बीआरआइमा सहभागिताको लागि हस्ताक्षर गरिसकेको छ। तर, परियोजनाहरु भने छनौट गरिसकेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार