Saturday, September 21, 2024

मेलम्ची खानेपानी आयोजनाको विवाद कूटनीतिक माध्यमद्वारा समाधानको प्रयास

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काममा इटालीको ठेकेदार कम्पनीले विभिन्न कारण देखाएर ढिलाई गरेपछि सरकारले कूटनीतिक तहबाट समाधानको प्रयास थालेको छ ।

तोकिएको समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए अनुरुप कार्य गर्न इटालीको ठेकेदार कम्पनीको मुख्यालयमा समेत पहल गरी समस्या समाधान गर्न इटलीको सरकारसँग कूटनीतिक पहलका लागि खानेपानी मन्त्रालयले परराष्ट्रलाई अनुरोध गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसी–रेभिनाले खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेता गरेपनि पनि काममा अघि नबढाएपछि इटालीको सरकार यस विषयमा जानकारी गराउने तयारी शुरु भएको छ ।

खानेपानी मन्त्री बीना मगरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग विहीबार भेट गर्दै कुटनीतिकरुपमा इटलीको सरकारका मार्फतबाट निर्माण कम्पनीसँग सहजिकरणका लागि आग्रह गरेकी थिइन् । भेटमा खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसिले चैत्र २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ब्रेक थ्रु भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने ठेकेदारको प्रतिबद्धता र त्यसपछि सबै पक्षमा मिलेर अगस्त महिनाको ३० तारिखसम्म सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजनाको बारेमा बिस्तृतमा जानकारी दिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार