काठमाडौं– भारतका कतिपय राज्यमा प्लास्टिकको झोलामा प्रतिबन्ध लगाइएको छ। राजधानी नयाँदिल्लीमा नेशनल ग्रीन ट्राइब्यूनलले पछिल्लो वर्ष मात्र ५० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध लगाइदिएको छ।
मुम्बइमा पनि सोही अनुसार केही प्लास्टिकका झोलामा प्रतिबन्ध लगाइएको छ, भने जम्मू–काश्मीर, हिमाचल प्रदेश र उत्तराखण्ड जस्ता राज्यले प्लास्टिकका झोला र बोतलको प्रयोगमा रोक लगाइसकेका छन्।
तर, प्रतिबन्धका बाबजुत पनि भारतभर फोहरको डंगुरमा प्लास्टिकको रास बढ्दै गएको छ। आजको दिनसम्म प्लास्टिक हाम्रो जिन्दगीमा यसरी टाँसिएको छ, जसरी हाम्रो शरीरमा छाला टाँसिएको छ।
भारतसहितका कयौं मुलुकका लागि प्लास्टिक चुनौतीको विषय बन्दै गएको छ। प्लास्टिकको बढ्दो प्रयोगका कारण हैरान भएको चीनले १ जनवरी २०१८ देखि सबै प्रकारका प्लास्टिक आयातमा रोक लगाइदियो। यद्यपी, चीनमा पनि प्लास्टिकको उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउन सकिएको छैन।
विज्ञहरूका अनुसार हामीले अहिले जुन गतिमा प्लास्टिक प्रयोग गरिरहेका छौं त्यही क्रम जारी रहने हो भने सन् २०२० सम्म १२ अर्ब टन प्लास्टिकको फोहर जम्मा हुनेछ। यसलाई सफा गर्न सयौं वर्ष लाग्ने विज्ञहरुको अनुमान छ।
सुन्जन फ्रन्कलिनले प्लास्टिकको इतिहासमा एउटा किताब लेखेका छन् । उनी भन्छन्, ‘प्लास्टिकको उत्पादन हुनु पहिले संसारमा कपास थियो, ऊन थियो, शीशा थियो। जुट अनि रबर थियो। त्यस बाहेक जनावरको छाला अनि सिङको मद्दतबाट केही वस्तु राख्ने लैजाने गरिन्थ्यो।’
प्राचीन कालमा रोमन साम्राज्यमा सिङ र एम्बरको प्रयोग हुन्थ्यो। ती सबैमा एउटा समान तत्व थियो जसले चिजबस्तु जोडिएर रहन्थ्यो । त्यसको नाम थियो पँलिमर। जसको प्रयोगले हात्तीको दाँत, वा सिङ् समेत लचकदार हुन्थ्यो ।
वैज्ञानिकहरू त्यसको खोजीका लागि हात्तीदेखि अर्काे जनावरको शिकार समेत गर्दथे । पँलिमरबाट नै पियानोको चाबी, बिलियर्ड बल र अरु चीजबस्तु बनाइन्थ्यो। तर,मागको तुलनामा निर्यात न्यून थियो।
त्यतिखेर हात्ती दाँतको प्रयोग सर्टको टाँक (बटन), छाताको डन्डी बनाउन प्रयोग हुन्थ्यो । हात्तीको दाँतको विकल्प तयार भएमा त्यसको ठूलो बजार रहने अनुमान थियो।
सुन्जनका अनुसार बिलियर्ड कम्पनीको विज्ञापन जब न्यूयोर्कमा अमेरिकी वैज्ञानिक जान वेस्ली हायतले देखे, तब उनी चुनौतीको सामना गर्न तयार भए। हायतले कयौं वर्षपछि विकल्प तयार गरे। उनले प्रयोगशालामा सेल्यूलाइड नामको रसायन (केमिकल) बनाएका थिए। सेल्यूलाइड चाँडै नै लोकप्रिय बन्यो। मान्छेहरू सेल्यूलाइडको प्रयोगबाट बनेको सर्ट अनि महिला त्यसको प्रयोगबाट बनेको काइँयोले कपाल कोर्न थाले।
आज प्लास्टिक पर्यावरणको दुस्मन मानिन्छ। तर, सोच्नुस सेल्यूलाइड रसायन उत्पादन हुन थालेपछि हात्तीको शिकार गर्नुपर्ने बाध्यताको अन्त्य भएको थियो। सेल्यूलाइड हात्तीको दाँतको राम्रो विकल्प थिएन। यसको प्रयोगबाट बनेको बिलियर्डको बल त्यत्ति राम्रो थिएन। यद्यपी, दुनियामा सेल्यूलाइडको माग बढ्दै गएको थियो।
बीसौं सताब्दीको सुरुआतमा अमेरिकाले आफ्नो सहरलाई बिजलीबाट उज्यालो दिइरहेको थियो। करेन्ट नलागोस् भनेर बिजलीको नाङ्गो तारमा सथ शेलाक नामको धातुको प्रयोग गरिन्थ्यो।
सुन्जन भन्छन, ‘बेकलाइट नामको प्लास्टिकको उत्पादन भयो। जो बेल्जियमबाट अमेरिका आएर बसेका वैज्ञानिक लियो बेकल्याडले बनाएका थिए। यो प्रयोगशालामा बनाइएको थियो। लियो बेकल्याण्ड रातारात सुपरस्टार बने। टाइम पत्रिकाले कभरस्टोरी बनायो । लगत्तै उनी कलम, ऐशट्रे, पङ्खा र रेडियो बनाउन थाले।
उनले नायलान, पालीएथिलीन, पालीस्टाइलिन…र यस्तै अनगिन्ती प्लास्टिक तत्व बनाए। उता, संसारभरका वैज्ञानिक आ–आफ्नो ल्याबमा प्लास्टिक बनाइरहेका थिए। र, प्लास्टिकको कारोबार ह्वात्तै बढ्यो।
३०औं दशकमा हरेक देशमा प्लास्टिक उत्पादन गर्ने नयाँ कम्पनी खुल्न थाले। जसले गर्दा पूरै संस्कृति बदलियो। इन्जिनियरहरूले प्लास्टिकको नयाँनयाँ प्रयोग गर्न थाले। जसमा इन्जेक्सन, हवाई जहाजको पूर्जा लागयत कयौं चीजबस्तु बन्न थाले।
प्लास्टिकको उत्पादन बढ्दै गएपछि सस्तो हुन पुगेपछि चारैतिर प्लास्टिकको राज चल्न थाल्यो। डिपार्टमेन्टल स्टोरदेखि फिल्म र पसलहरूमा प्लास्टिकका प्रयोग बढदै गयो ।
विश्व युद्धले बढाएको थियो प्लास्टिकको प्रयोग
दोस्रो विश्वयुद्ध सुरु भएपछि प्लास्टिक अचानक गायब भयो। युद्धताका आवश्यक पर्ने बस्तु आपूर्तिका लागि नयाँ उपकरणको आविष्कार आवश्यक थियो। र, ट्यांकी र हवाइजहाजको पाठपूर्जा बनाउन समेत प्लास्टिकको प्रयोग गर्न थालियो। सैनिकको शिविरहरू प्लास्टिकले बनाइयो। प्यारासुड बनाउन पनि प्लास्टिकको प्रयोग गरियो।
सोही दौरानमा रसाइनलाई पगालेर प्लास्टिक बनाउन थालिसकिएको थियो। अमेरिकाका जेन्फ माइकलले प्लास्टिकको सांस्कृतिक इतिहासमाथि किताब लेखेका छन्। दोस्रो विश्वयुद्ध पश्चात जम्निएका माइकल भन्छन्–बाल्यकालमा सबैतिर प्लास्टिक देखिन्थ्यो।
त्यतिखेर प्लास्टिक यति कमजोर थियो कि अगेना अगाडि राख्दा पग्लिन्थ्यो। दोस्रो विश्वयुद्ध समाप्त भइसकेका बेला प्लास्टिकको मागमा पनि गिरावट आइसकेको थियो। र, यसप्रतिको मानवीय रुची समेत घट्दै गएको थियो।
अब प्लास्टिक कम्पनीलाई नयाँ पीढीको प्लास्टिकको आवश्यकता थियो। ५० र ६० को दशकमा प्लास्टिक कम्पनीले सोसाइटी फर प्लास्टिक इन्डस्ट्री नामको संस्थाको मद्दत लिए। जुन ३० औं दशकमा स्थापना भएको थियो।
सोसाइटीले प्लास्टिकको विज्ञापन पत्रिकामार्फत गर्न थाले। जसका लागि टेलिभिजनमा पनि आकर्षक विज्ञापन गर्न थालियो। रंगीचङ्गी हुने प्लास्टिकका प्लास्टिक आकर्षक सामग्री पनि उत्पादन भए। त्यसपछि टपरवेयरले बनेको प्लास्टिकको उत्पादन बजारमा आयो। प्लास्टिकको जादू विश्वभर फैलिन थालेका बेला टपरवेयरको लोकप्रियता बढ्यो।
प्लास्टिकबाट बनेका चीजबस्तु सस्तो हुनुका साथै वजन पनि कम हुन्थ्यो। जसका कारण बस्तु राख्न र लैजानको माध्यम प्लास्टिक बन्न थाल्यो। प्लास्टिकको सामानले घर भरिन थाले। कतिपय मुलुकका बजारमा प्लास्टिकको फोहरको थुप्रो लाग्न पुग्यो।
७० को दशकमा मानवीय जीवनमा प्लास्टिकको प्रयोग यतिधेरै बढ्यो कि त्यसको प्रयोगको विरोधको आवाज पनि उठन थाल्यो। प्लास्टिकले पर्यावरणमा नोक्सान गरेको भन्दै ९० को दशकमा आन्दोलन नै भयो।
प्लास्टिकका कारण पर्यावरणमा क्षति भइरहेको ठम्याइ थियो। र, प्लास्टिक कम्पनीले पनि उत्पादनमा कमी गर्न थाले। जसले गर्दा पर्यावरणमा भइरहेको क्षति रोक्न सहयोग गर्यो। ९० को दशमा पानीजहाज चालकहरुले पनि समु्न्द्रमा ठूलो मात्रामा प्लास्टिक तैरिरहेको देखे। त्यसपछि प्लास्टिकको खतरालाई लिएर विश्वको आँखा खुल्यो।
खास गरेर प्लास्टिकको मुलायम थैली र तमाम चीजबस्तुको प्याकिङमा प्रयोग हुने प्लास्टिक आज पर्यावरणलाई ठूलो क्षति पुर्याइरहेको छ। कयौं मुलुक, सहरमा प्रतिबन्ध भएपनि प्रयोग बढ्दै गएको छ।
(बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावनुवाद)