Sunday, April 20, 2025

हुम्लामा विश्व वातावरण दिवस मनाइयो

हुम्ला – विश्व वातावरण दिवसको उपलक्ष्यमा आयोजक जिल्ला प्रशासन कार्यालय र सहयोगी निकाय जिल्ला वन कार्यालयद्वारा जिल्ला कृषि विकास कार्यालयको प्रांगणमा मंगलबार ३० वटा स्याउका बोट रोपिएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सम्पूर्ण कार्यालयका प्रमुख नागरिक समाज गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष समेतको उपस्थितिमा स्याउको बोट रोपिएको हो।

प्रजिअ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उनले हुम्ला जिल्लामा पर्यटकलाई भविष्यमा स्याउका दानाले स्वागत गर्न पाउँदा हुम्लीहरू खुशी हुने बताए।

ताजा समाचार

सम्बन्धित समाचार