Saturday, September 21, 2024

वातावरणीय प्रभाव मूल्यांकन विना विकास दीगो हुँदैन : प्रम ओली (भिडियाे)

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दीगो नहुने बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले वातावरणीय प्रभाव मूल्यांंकनमा जोड दिए ।

वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने पनि बताएका छन् । आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा प्रदुषण बढ्ने संभावना भएको उनले स्पष्ट पारे । ‘त्यसैले वातावरणको संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तत्अनुकुलका काम गर्न जरुरी छ,’ प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।

प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउने नभइ बाढी, पैह्रो, सुख्खा लगायतका ठूलो धन जनको क्षति समेत बढाउने बताए । ‘विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘वातावरणको विनास नहुने गरी नाप नक्सा तयार गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नुपर्दछ।’

सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पुर्याउन प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् । वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा प्रधानमन्त्रीले सबैलाई स्मरण गराए ।

 

ताजा समाचार

सम्बन्धित समाचार