Saturday, September 21, 2024

नेवापसको प्रभावकारिताबारे छलफल, थपिए नयाँ सदस्य

काठमाडौं – नेपाल वातावरण पत्रकार समूह (नेवापस) कार्यसमितीले संस्थाको प्रभावकारिताका बिषयमा नयाँ सदस्य तथा सह–सदस्यहरुसँग अन्र्तक्रिया गरेको छ ।

नेवापसद्धारा आफ्नै कार्यालयमा सोमबार आयोजित अन्र्तक्रियामा यस बर्ष सदस्यता प्रदान गरिएका नयाँ सदस्य तथा सह–सदस्यहरु, कार्यसमितीका पदाधिकारी र नेवापसका विभागीय प्रमुखहरुको उपस्थिती थियो ।

नेवापसका अध्यक्ष अर्जुन ढकालले वातावरणसम्बन्धि नीति निर्माण, मिडिया एडभोकेसी र वातावरणीय समस्याबाट पिडित सर्वसाधारणहरुका मुद्दालाई उठान गर्दै आएको बताए ।

ढकालले नेवापसले दिने सदस्यताका विभिन्न पक्षहरुबारे जानकारी दिदै नयाँ सदस्यहरुले संस्थालाई अगाडी वढाउन विभिन्न कोणबाट योगदान गर्नसक्ने वताए । उनले नेवापसले तीन दशकमा आफूलाई राजनीतिबाट अलग राखेको उल्लेख यसका सम्पूर्ण गतिविधी पूर्ण रुपमा पारदर्शी भएको बताए ।

नेफेजका महासचिव रमेश भुसालले नेफेजका कार्यक्रमहरुबारे जानकारी दिएका थिए । उनले भने, ‘हामीले विशेषगरी वातावरण र विकासका मुद्दाहरुमा निरन्तर रुपमा वहश पैरवी गरीरहेका छौ ।’ उनले नयाँ सदस्यहरुलाई नेवापसको अपतत्व लिन समेत आग्रह गरे ।

हाकाहाकीका सम्पादक कमलदेव भट्टराईले नेवापसको नयाँ अनलाइन हाकाहाकी डट ओराजी बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराउँदै अनलाइन विशेषगरी वातावरण र विकासका मुद्दामा केन्द्रित रहेको वताए । उनले विशेषगरी नीति निर्माण तह र जनताले भोगेका समस्याहरु उठान गरीरहेको बताए । नयाँ सदस्यहरुलाई अनलाइनलाई कसरी अगाडी वढाउने सम्बन्धमा सुझाव दिन समेत आग्रह गरे ।

अडियो÷भिजुअल विभागका निर्देशक रविन्द्र पाण्डेले आफ्ना विभाग मार्फत प्रसारण भइरहेका कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउन सुझाव तथा सल्लाहको अपेक्षा व्यक्त गरेका थिए ।

सो कार्यक्रममा नयाँ सदस्यहरुले यसलाई कसरी अगाडी वढाउन सकिन्छ भन्ने विषयमा विभिन्न सुझावहरु दिएका छन् । अनुसन्धानमुलक सामग्रीहरु प्रसारण र प्रकाशनमा जोड दिनुपर्ने उपस्थित अधिकांश सदस्यहरुको सुझाव थियो । वातावरणका मुद्दाहरु उठानको नेतृत्व लिन नेवापसले यसबारे पत्रकारहरुलाई सुसूचित गर्नुपर्ने, तालिमहरु संचालन गर्नुपर्ने जस्ता सुझावहरु दिएका थिए ।

नेवापसका कार्यकारी निर्देशक सुवोध गौतमले नयाँ सदस्यहरुको स्वागत र सुझावहरु संकलन गर्न नेवापसले यस्तो कार्यक्रमको सुरुवात गरेको बताए । चयन भएका नयाँ सदस्यहरुमा भीमप्रसाद घिमिरे ,नगेन्द्र लम्साल, प्रगति ढकाल, मधुदेवी घिमिरे आचार्य ,कृष्णप्रसाद सापकोटा, राजन पराजुली, रामचन्द्र अधिकारी, छेटु शेर्पा, करुन थापा, भूमिराज चापागाईँ, सुजाता कार्की, रामु सुवेदी, अश्विन ढकाल, अभय राज जोशी, मुकेश पोख्रेल, सृष्टि काफ्ले, विनय बञ्जरा, रिवाज राई र मञ्जित ढकाल रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार