Saturday, September 21, 2024

पत्रपत्रिकामा आज : खानेपानीको हाहाकार ,फोहोर फाल्नेलाई जरिवाना

काठमाडौं–आजका दैनिक पत्रपत्रिकाले खानेपानीको हाहाकार, मनसुन यसै सातादेखि लाग्ने , सडक निर्माणमा देखिएका चुनौती लगायतका समाचारहरु प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोष्ट
अन्नपूर्ण पोस्टले प्रदेश नम्बर १ मा खानेपानीको हाहाकार भएको खबर प्राथमिताका साथ प्रकाशित गरेको छ ।

‘खानेपानी हाहाकार’ शीर्षकको समाचारमा बिराटनगर , धरान , धनकुटा , इलाम , पाँचथर लगायतका जिल्लामा पानीको अभाव भएको उल्लेख छ ।

नितु घलेले पहिलो पृष्ठमा ‘ शौचालय नहुँदा पर्यटकलाई सास्ती ’ शीर्षकमा खबर लेखेकी छिन् । पाटन दरबार स्क्वायरमा शौचालय नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको समाचारमा उल्लेख छ ।

‘अढाई सय वर्ष पुराना काठमाडौंका चार पोखरी’ शीर्षकमा समाचार प्रकाशित छ । अढाई सय वर्ष पुरानो लालमोहरमा उल्लेख काठमाडौं उपत्यकामा रहेका चार पोखरी लोप भएका छन् । सबै पोखरी अतिक्रमण गरी घरैघर बनाइएको छ ।

यसैगरी लुक्लामा जोखिमपूर्ण हेलिप्याडमा उडान–अवतरण भइरहेको खबर पनि प्रकाशित छ । विषादीयुक्त भारतीय आँप छ्यापछ्याप्ती भएको बिर्तामोडको खबर पनि यहि छ । अन्नपूर्णले ‘ माछापालनको हब बन्दै कपिलवस्तु ’ शीर्षकमा तौलिहवाबाट दीपक आचार्यले समाचार लेखेका छन् ।

यस्तै  धरहरा क्षेत्रका घरटहरा भत्काएको समाचार प्रकाशित छन्

राजधानी
आजको राजधानी दैनिकले ‘मनसुन यसै साता, खडेरी नहुने ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सविन शर्माले लेखेको समाचारमा मनसुनको पूर्वसन्ध्यामा भएको मनसुनी वायुको अध्ययन गरेर जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी वर्षा गत वर्ष भन्दा बढि हुने अनुमान गरेको उल्लेख छ । मनसुन अवधिमा पूर्वी नेपालमा भन्दा पश्चिममा बढी वर्षा हुने मौसमविद्हरुले बताएका छन् । लामो समयदेखिको खडेरी पनि हट्दै जाने खबरमा उल्लेख छ ।  यस्तै   बायो –ग्याँस , कृषि र पशुपालन लगायतका समाचार राजधानीले प्रकाशित गरेको छ ।

नागरिक दैनिक
नागरिक दैनिकमा विश्व वातावरण दिवस अन्र्तगत मनाइरहेको साताव्यापी कार्यक्रमका बारेमा समाचार प्रकाशित छ ।

‘फोहोर फाल्नेलाई जरिवाना’ शीर्षकमा प्रकाश तिमल्सिनाले  समाचार लेखेका हुन् । आफ्नै घरअगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाइका साथ लागू गर्ने भएको छ ।

संविधानमा उल्लेख भएको ‘ स्वच्छ वातावरण ’मा बस्न पाउनुपर्ने मौलिक हक कार्यान्वयन गर्ने क्रममा फोहोर फाल्नेलाई जरिवाना गराउने नयाँ नीति ल्याउन लागेको हो । खोटाङको दिक्तेल सडक वर्षाका कारण अबरुद्ध भएको र कृषि सम्बन्धी समाचार पनि प्रकाशित छ ।

नयाँ पत्रिका
नयाँ पत्रिकाले आज राजधानीका सडकको अवस्था र सडकको ठेक्काका बारेमा समाचार प्रकाशित गरेको छ । यसैगरी ‘काठमाडौंको फोहोरले नुवाकोट ल्यान्डफिल साइट भरियो ’ शीर्षकमा समाचार छ । निराजन पौडेलले लेखेको समाचारमा काठमाडौंको फोहोरले नुवाकोट ल्यान्डफिल साइट भरिएर वैकल्पिक साइट आवश्यक परेको कुरा उठाइएको छ । तनहुँको बन्दीपुर चुनपहरा आरोहण गर्ने बढेको खबर पनि प्रकाशित छ ।

कान्तिपुर दैनिक

कान्तिपुर दैनिकले कृषि  समाचारलाई प्राथमिकता साथ प्रकाशित गरेको छ । पहिलो पृष्ठमै मोरङको रंगेली नगरपालिकामा मेसिनले चैतेधान काटेको तस्वीर प्रकाशित छ । देवनारायण साहले खिचेको तस्वीरमा कामदार अभावका कारण त्यहाँ पछिल्लो समयमा मेसिनको प्रयोग हुन थालेको उल्लेख छ । कान्तिपुरमै ‘ रैथाने जातका अन्नबाली लोप हुँदै ’ शीर्षकमा बझाङबाट बसन्तप्रताप सिंहले लेखेको समाचार लेखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार