Saturday, September 21, 2024

रोटरी जर्नो अवार्ड आँखीझ्याललाई

नेपाल वातावरण पत्रकार समूह (नेवापस)द्धारा संचालित आँखीझ्याल कार्यक्रमले ‘रोटरी जर्नो अवार्ड २०१७’ जित्न सफल भएको छ । वन ,वातावरण र दिगो–विकास सम्बन्धि विभिन्न समाग्री प्रसारण गरेको आँखीझ्याललाई रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ (नेपाल–भुटान) ले सो अवार्ड प्रदान गरेको हो । वातावरणतर्फको सो अवार्ड अहिलेसम्म नवीन लुईटेल , सरोज कोइराला , सविन शर्मा लगायतले पाइसकेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच आँखीझ्याल कार्यक्रमका निर्देशक रवीन्द्र पाण्डेलाई प्रदान गरिएको हो ।

वातावरणतर्फको विधामा आँखीझ्यालसहित पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विभिन्न विधाका ६ जना पत्रकारलाई पुरस्कार दिइएको हो । पुरस्कृत हुनेहरुमा शिक्षातर्फ कान्तिपुर दैनिकका मकर श्रेष्ठ ,स्वास्थ्यतर्फ नागरिकका दिपक दाहाल, अर्थ पत्रकारितातर्फ गोरखापत्र दैनिककी राधा चालिसे, महिलातर्फ सञ्चारिका समूहबाट चक्रपथ डटकमकी विनु पोखरेल र मूलधारको पत्रकारितातर्फ रेडियो स्वर्गद्वारी तथा बिबिसी नेपाली सेवाकी बसुन्धरा अधिकारी गौतम रहेका छन्। उनीहरुलाई जनही नगद २५ हजार राशि र ताम्रपत्र दिइएको छ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ (नेपाल–भुटान) ले सन् २०१२ मा स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष वितरण गरिँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार