Saturday, September 21, 2024

काठमाडौं–आजका दैनिक पत्रपत्रिकाले भौगोलिक अवस्थाले निम्तने दुर्घटना , मेलम्ची खानेपानी लगायत अन्य वन र वातावरणलाई जोडेका समाचारहरु प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
अन्नपूर्ण पोष्ट
आज अन्नपूर्ण पोष्ट दैनिकले वन र वातावरणसँग जोडिएका धेरै विषय उठाएको छ । वन , वातावरण , खानेपानी , फोहोर , हिमाल र यससँग जोडिएका अपराध सम्बन्धि समाचार प्रकाशित गरेको छ । ‘उर्जा र वनबीच सहकार्य’ शिर्षकमा प्रकाशित समाचारमा अन्तरमन्त्रालय समन्वयबारे छलफल भएका कुरा उल्लेख छ । विकास , निर्माण र समृद्धिका लागि समन्वय र सहकार्यका साथ अगाडि बढ्ने सहमति भएको छ ।
‘सडकमै ज्यान जान्छ बर्सेनि दुई हजारको ’ शिर्षकमा सागर पण्डितले लेखेकोको समाचारमा सडक तथा भौगोलिक दुरवस्थाका कारण पनि सडक दुर्घटना हुने गरेको पाइएको छ । पाल्पामा भएको दुर्घटनालाई उदाहरण दिदै यो समाचार तयार पारिएको छ ।
दसैंअघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक मसान्तको मुखैमा आएर ठप्प भएको खबर पनि छ । गोपीकृष्ण ढुङ्गानाले लेखेको समाचारमा भनिएको छ र्, बढीमा चार महिनाभित्र काठमाडौंमा मेलम्ची पु¥याउने प्रतिबद्धता गर्दै तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि सरकार अन्योलमा परेको हो । ’ ठेकेदारले विभिन्न बहाना गरेको, साइटमा इन्जिनियर लगायतसँग समन्वय नगरेको, उच्चपदस्थसँग आन्तरिक विवाद भएको र परामर्शदातासँग पनि समन्वय नगरेकोलगायत कारणले मेलम्चीको काम अघि नबढेको सरकारी अधिकारीको भनाइ छ।
हिलारी स्टेपमाथि शेर्पा गाइडको हत्या आशंका गरिएको शुक्रबारको समाचारको फलोअपका रुपमा ‘कसरी पुग्यो सगरमाथामा अवैध क्रिप्टोकरेन्सी’ शिर्षकमा छेटु शेर्पाले लेखेका छन् । युक्रेनी नागरिकले अवैध मुद्र्रा क्रिप्टोकरेन्सी’त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सगरमाथाको चुचुरो पु¥याएर स्वदेश फर्काउँदासमेत राज्य संयन्त्रले अत्तोपत्तो नपाएको खबरमा उल्लेख छ । बैशाख ३१ गते युक्रेनी आरोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइड लामबाबु शेर्पाको हत्या भएको आशंका उनको परिवारले दाबी गरेका थिए । उनीहरुले सरकारसँग जानकारी मागेका छन् । यसैगरी नुवाकोट ओखरपौवास्थित सिसडोलमा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गरिँदै आएकोमा स्थानीयले विविध माग राखेर शुक्रबारदेखि फेरि आन्दोलनका कार्यक्रम सुरु गरेको समाचार पनि प्रकाशित छ । विदुरबाट देवचन्द्र मट्टले लेखेको समाचारमा सिसडोल जाने मोटरबाटोमा कलोपत्रेको काम गुणस्तरीय नभएकाले स्थानीयले फोहोरका गाडी रोक्न बाध्य भएको उल्लेख छ । त्यसैगरी ‘ सिंहदरबार क्यान्टिनमा मनपरी ’ शिर्षकको समाचार पनि यहि पत्रिकामा छ । ताप्लेजुङमा सालकको खपटासहित २ जना पक्राउ परेको समाचार पनि छ ।
राजधानी
आजको राजधानी दैनिकले दसैं अगावै मेलम्चीको पानी आउन कठिन भन्दै राससको खबरलाई आफ्नो दोस्रो पृष्ठमा स्थान दिएको छ । यस्तै गोरखामा प्याराग्लाइडिङको परिक्षण उडान सम्बन्धि समाचार प्रकाशित छ । यस्तै ‘वनमाराबाटै रोजगारी र आम्दानी ’ शिर्षकको फिचर सविन शर्माले लेखेका छन् । यस्तै तेह्रथुमको म्याङलुङ नगरपालिका –१० तम्फुलामा रहेको शारदा आधारभूत विद्यालयका विद्यार्थीको पढाई पिउने पानी अभावमा प्रभावित भएपछि उनीहरु पानी खोज्न गाउँगाउँमा जाने गरेको खबर छ ।

नागरिक दैनिक
नागरिक दैनिकमा वन र वातावरणका खासै समाचार नसमेटिएपनि प्राकृतिक सम्पदाले भरिपूर्ण केही स्थानका बारेमा चर्चा गरिका फिचरहरु प्रकाशित छन् । यस्तै गाडी चढ्ने रहरले बझाङ तलकोट गाँउपालिकाका स्थानीयले गहना बेचेर सडक निर्माण गरेको समाचार जगत खड्काले लेखेका छन् ।
कान्तिपुर दैनिक
कान्तिपुर दैनिकले ‘जोखीमपूर्ण यात्रा ’ शिर्षकको समाचार पहिलो पृष्ठमै प्रकाशित गरेको छ । सिकारु सवारी चालकले गाडी चलाउदा हुने यी दुर्घटनामा भौगोलिक अवस्था पनि कारण हुन् । कच्ची र घुमाउँरो सडक पनि यसका कारक हुन् । यस्तै म्याग्दीमा नयाँ–नयाँ पदमार्ग रहेको खबर घनश्याम खड्काले कान्तिपुरमा लेखेका छन् । यसैगरी ‘ कर्णालीमा स्याउ–समृद्धि’ शिर्षकको फिचर सुर्खेतबाट कलेन्द्र सेजुवाल र जुम्लाबाट एलपी देवकोटाले लेखेका छन् । त्यस्तै सगरमाथा जोगाउन सरकारले ढिलाइ गरिरहेको आरोहीहरुले बताएको खबर पनि यहि छ ।
नयाँ पत्रिका
नयाँ पत्रिकाले आज वन र वातावरणसँग जोडिएका समाचार नलेखेपनि रारा ताल , खप्तड , जिरी लगायतका पर्यटकीय गन्तब्यका बारेमा जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार