Saturday, September 21, 2024

धनगढीका नौ सय पशुचौपाया बझाङ लगिने

कैलाली – धनगढीमा छाडा छोडिएका नौ सय पशुचौपायालाई बझाङ लगिने भएको छ । धनगढी उप–महानगरपालीका क्षेत्रमा रहेका सामुदायीक पशुचौपाया बझाङको खप्तड छान्ना र सूर्मा गाउँपालिकामा लैजाने बिषयमा बुधबार सम्झौता भएको छ ।

पशुचौपाया लैजाने विषयमा धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वड, बझाङ्गको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सूर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडका अनुसार धनगढीबाट बझाङमा गाई पु¥याउने काम धनगढी उप–महानगरपालीकाले गर्ने छ भने गाउँपालिकाहरूले गाई समुदायमा बाँडेको भर्पाई धनगढी उप–महानगरलाई दिनुपर्ने छ ।

खप्तड छान्ना गाउँपालिकाले ३ सय गाईगोरू लैजाने सहमती गरेको खप्तड छान्ना गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

त्यस्तै सूर्मा गाउँपालिकाले ६ सय गाईगोरू लैजाने अध्यक्ष बोहराले बताए ।

‘यहाँ सामुदायीक पशुचौपायाहरूको बिजोग छ,’ खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष रोकायाले भने, ‘यहाँबाट लगेका गाईगोरूहरू गरिब तथा बिपन्न परिवारमा बाँड्छौं ।’

गाउँमा लगेर निशुल्क बाड्ने गाईले त्यहाँका जनताको पोषण र आर्थिक अवस्था सुधार आउने आसा गरेको सूर्मा गाउँपालिकाका अध्यक्ष बोहरा बताउँछन् ।

‘गरिब तथा बिपन्नले गाई किन्न नसक्दा गोरस खान पाएका छैनन्,’ अध्यक्ष बोहराले भने,‘यसले पोषणको अवस्थामा सुधार आउने छ भने आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार