Friday, September 20, 2024

पर्यटक बढाउन हरियाली बढाऔँ :वन मन्त्री

काठमाडौं– वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले पर्यटकलाई बढाउन हरियाली बढाउनुपर्ने बताएका छन् ।

मंगलबार विहान ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल टानको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पर्यटन व्यवसायलाई मर्यादित र स्थायीत्व दिन प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै न्यायोचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।

दिनदिनै प्रदूषण बढेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री बस्नेतले प्रदूषण न्युनीकरणका उपायतर्फ लाग्नुपर्ने बताए ।

उनले पर्यटकहरु प्राकृतिक सम्पदा, वन–जंगल र स्वच्छ वातावरणमा रमाउने गरेको बताए । पर्यटकहरु हरियाली वातावरणमा रमाउने हुन्छन् ’, उनले भने, हराभरा वातावरण छोडेर प्रदूषित वातावरणमा उनीहरु रमाउँदैनन् ।’

वायु प्रदूषणले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा धेरै असर पु¥याइरहेको बताउँदै उनले पर्यटन उद्योगको चालु अवस्थामा यसको प्रत्यक्ष मार पर्ने हुँदा यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

‘दिगो पर्यटनका लागि प्रदूषण न्युनीकरण’ भन्ने नारा सहित यसपालीको पर्यटन दिवस मनाइएको हो । २०३५ सालमा टानको स्थापना भएको थियो । मे २९ तारिखमा टान दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा मंगलबार विहान इको च्यालेन्ज कार्यक्रम र साइकल ¥याली समेत निकालीएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार