Friday, September 20, 2024

बाघको छाला सहित चार जना पक्राउ

काठमाडौं – बाघको छाला सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ सानधारा डेरा गरी बस्ने बैतडी दशरथचन्द नगरपालिका–६ का २७ वर्षीय श्याम कार्की सहित ४ जना रहेका छन् । उनीहरुलाई बाघको छाला सहित सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

उक्त ठाउँमा बाघको छाला विक्री वितरण भएको भन्ने  सूचनाको आधारमा महानगरिय प्रहरी प्रभाग कपन र महानगरीय अपराध शाखा बौद्धबाट खटिई प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

कार्कीको कोठामा तलासी लिँदा बाघको छाला वरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार