Friday, September 20, 2024

प्लास्टिकका सामानमा प्रतिबन्धको प्रस्ताव

काठमाडौं –युरोपेली संघ ईयुले एक पटक मात्र प्रयोग हुने प्लास्टिकका सामग्री उत्पादनमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

स–साना प्लास्टिकका टुक्राले समुद्री जीवजन्तुलाई हानि गरिरहेको चिन्ताका माझ समुद्री वातावरण जोगाउन भन्दै इयुले त्यस्तो प्रस्ताव गरेको हो।

त्यसअनुसार पेय पदार्थ पिउन प्रयोग गरिने स्ट्र, कान सफा गर्ने कटन बड र पेय पदार्थ घोल्न प्रयोग गरिने प्लास्टिकका सामग्रीको उत्पादन रोक्न प्रस्ताव गरिएको छ।

ईयुले सन् २०२५ सम्ममा सबै प्लास्टिकका बोतलहरू अनिवार्य रूपमा पुनः प्रयोगका लागि सङ्कलन गर्नुपर्ने प्रस्ताव गरेको छ।

समयसीमा
यद्यपि त्यसका लागि अहिलेसम्म समयसीमा तोकिसकिएको छैन।

त्यो प्रस्तावलाई इयुका २८ देशहरू र युरोपेली संसद्ले अनुमोदन गर्नुपर्ने छ।

प्लास्टिकका स–साना सामानमा प्रतिबन्ध लगाएमा लाखौँ टन कार्बन उत्सर्जन घट्ने र सन् २०३० सम्ममा २२ अर्ब युरो बराबरको वातावरणीय क्षति कम हुने इयुको अनुमान छ।

“प्लास्टिक प्रदूषणः पृथ्वीका लागि संकट”

त्यस्तो कदमबाट उपभोक्ताहरूलाई ६ अर्ब युरोभन्दा बढी बचत हुने आकलन गरिएको छ।

समस्या
ईयुका अधिकारीहरूले प्लास्टिकका स(साना वस्तुमा प्रतिबन्ध लगाएर त्यसको सट्टा कुहिने वा पुनः प्रयोग गर्न सकिने सामग्रीको उत्पादन र प्रवर्द्धन गर्न सकिने बताएका छन्।

ईयुका प्रथम उपाध्यक्ष फ्रेन्स टिम्मरम्यान्सले भने, ूनिःसन्देश प्लास्टिकजन्य फोहोर एउटा ठूलो समस्या हो र युरोपेलीहरू मिलेर यो समस्यासँग जुझ्न आवश्यक छ।

अब प्लास्टिक कता पठाउने ?
यो प्रस्तावअन्तर्गत विभिन्न कदमले हाम्रो सुपरमार्केटहरूमा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकका समानहरू घटाउने छ।

प्रस्ताव पारित भए ईयुका सबै सदस्य मुलुकले एक पटक प्रयोग हुने खाना राख्ने र कप लगायत प्लास्टिकका सामानहरूको सुपरमार्केटमा प्रयोग कटौती गर्न प्रभावकारी कदम चाल्नुपर्ने हुन्छ। साभार :बिबिसि

ताजा समाचार

सम्बन्धित समाचार