Friday, September 20, 2024

सर्वोच्च शिखर सगरमाथा आरोहणको ६५ बर्ष

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ६५ बर्ष पुगेको छ ।

पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए ।

सोही दिनको सम्झना गर्दै सरकारले प्रत्येक वर्ष मे २९ तारिखमा अन्तराष्ट्रि«य सगरमाथा दिवस मनाउँदै आएको छ ।

सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै हालसम्म करीब आठ हजार पर्वतारोहीले आरोहण गरिसकेका छन् ।

विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ वटा हिमाल छन् ।

हालसम्म करीब २८० जना आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएको तथ्यांक छ । यस वर्ष पनि एक नेपालीसहित दुई विदेशी आरोहीको आरोहणकै क्रममा निधन भएको थियो ।

नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।

सरकारले ११औँ अन्तराष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

यो दिवसलाई नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । दिवसका अवसरमा मंगलबार बिहान ठमेलदेखि भृकुटीमण्डपसम्म प्रभातफेरीको आयोजना गरिएको थियो भने राष्ट्रियसभा गृहमा सगरमाथा दिवसको विशेष समारोहको आयोजना गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार