Friday, September 20, 2024

सालकको खपटासहित दुईजना पक्राउ

इलाम –सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् ।

मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोलाबाट प्रहरीले आइतबार दुर्लभ सालकको खपटा बरामद गरेको थियो । उनीहरूको साथबाट ४.२ किलोग्राम सालकको खपटा बरामद गरेको जिप्रका इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिऐ । उनीहरूमाथि प्रहरीले अनुसन्धान थालेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार