Friday, September 20, 2024

चितुवाको छाला सहित एक जना पक्राउ

नेपालगन्ज – ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान समुहले दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेकोे छ ।

प्रहरीको टोलीले बर्दियाको बासगढी नगरपालिका ९ का ६७ बर्षिय शेर बहादुर चन्दलाई पक्राउ गरेको हो ।

अबैध रुपमा वन्यजन्तुको छाला राखेको सूचनाका आधारमा चन्दको घरमा खान तलासी गर्दा चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको चितुवा छाला सहित चन्दलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर मार्फत जिल्ला वन कार्यालय बर्दियामा पठाइएको अनुसन्धान समुहका प्रहरी निरिक्षक अर्जुन सिंहले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार