Friday, September 20, 2024

छापामा आज : रोकिएन संक्रमण,दुई दिनमै १२०० बिरामी, जिडिपीमा कृषिको योगदान घट्यो

काठमाडौं– आज काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाहरुमा वातावरणसँग सम्बन्धी विभिन्न शीर्षकमा समाचार प्रकाशित भएका छन् ।

आजको कान्तिपुर दैनिकले ‘घरैपिच्छे बिरामी’शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । शान्तिनगर गाउँपालिकाका दुई वडामा शनिबार बिहानदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

दाङको शान्तिनगर स्वास्थ्यचौकी बाहिर आइतबार उपचाररत झाडापखालाका बिरामी । सोमबार पनि बिहानैदेखि उपचारका लागि बिरामी आउन थालेका छन्। बिहान ८ बजेसम्म ४४ जना नयाँ बिरामी थपिएको शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरी पुनले बताए।

आइतबार राति सम्म १ हजार बढी बिरामीको उपचार भएको थियो। गाउँबाट बिरामी लिन तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। बिरामी हुने क्रम बढेपछि स्थानीय वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि बन्द गरिएको छ।

माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदुषण भएपछि ३ र ४ नम्बर वडामा झाडापखाला फैलिएको हो। पखालाबाट वडा नम्बर ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरु बढी प्रभावित भएको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए ।

कान्तिपुरको पृष्ठ चारमा ‘वन अनियमिततामा थप १५ को सरुवा’ शीर्षकमा समाचार छापिएको छ ।

वन अनियमितता प्रकरणमा वन विभागले जिल्ला वन कार्यालय, बारामा कार्यरत थप १५ जनाको सरुवा गरेको छ ।
यसअघि वन तथा वातावरण मन्त्रालयले वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरेलाई काठमाडौं फिर्ता बोलाएर उक्त प्रकरणमा संलग्नमाथि कारबाही सुरु गरेको थियो । घिमिरेको ठाउँमा उपसचिव ज्ञानेन्द्र मिश्रलाई सरुवा गरिएको छ । उनी यसै साता कार्यक्षेत्र जाँदैछन ।

विभागले बारा वनमा कार्यरत सहायक वन अधिकृतद्वय विन्देश्वरप्रसाद पटेल र अमरदेवप्रसाद यादवलाई पनि त्यहाँबाट हटाएको छ । पटेललाई वन कार्यालय पर्सा र यादवलाई वन कार्यालय रौतहट सरुवा गरिएको छ । मन्त्रालयका अधिकारीले भने छानबिन प्रतिवेदनमा दोषी ठर्हयाइएकालाई फेरि जिम्मेवारी दिइएकामा आपत्ति जनाएका छन् । दुवैमाथि राजस्व हिनामिना गरेको र वातावरण बिगारेको समितिको निष्कर्ष छ ।

त्यस्तै कान्तिपुरको पृष्ठ ८ मा ‘लेक लागेर ३ को मृत्यु’शीर्षकमा समाचार प्रकाशित भएको छ ।

यार्चागुम्बु टिप्न डोल्पाको पाटन पुगेका तीन जना संकलकको लेक लागेर मृत्यु भएको छ । उपचारका लागि सदरमुकाम दुनै ल्याउँदै गर्दा बाटामै उनीहरूको मृत्यु भएको हो । एकजनाको उद्दार गरिएको छ ।

ठूलीभेरी नगरपालिका–१० स्थित ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुका ३२ वर्षीय नारायणप्रसाद पहाडी र डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पुगेका जाजरकोटको नलगाड नगरपालिका–८ खगेनकोटका १५ वर्षीय भद्रबहादुर चुनाराको मृत्यु भएको छ । लेकमा बिरामी परेपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गर्दा ती दुईको बाटामै ज्यान गएको हो ।

‘उर्जा खपत बढ्यो’,कृषिको योगदान २७ प्रतिशत र वनमा जर्बजस्ती डिप बोरिङ शीर्षकका समाचार पनि प्रकाशित भएको छ ।

नयाँ पत्रिकाको आर्थिक पृष्ठमा ‘जिडिपीमा कृषिको योगदान घट्यो बिमाको योदान २.२० प्रतिशत’ शीर्षकमा समाचार प्रकाशित भएको छ ।

कुल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान घटेको छ । एकतिहाइ हिस्सा ओगट्दै आएको कृषि क्षेत्रले चालू आवमा २७.६ प्रतिशत मात्र योगदान गर्न सक्ने आर्थिक सर्वेक्षणमा आकलन गरिएको छ । अघिल्लो वर्ष २८.८ प्रतिशत योगदान थियो ।

निरन्तर कृषि वस्तुको उत्पादनमा आएको गिरावट र बढ्दो आयातका कारण जिडिपीमा कृषिको योगदान घट्न थालेको हो । तर, चालू आर्थिक वर्षमा कृषिको वृद्धिदर २.७ प्रतिशत हुने अनुमान छ । जुन अघिल्लो वर्षको तुलनामा सुधार हो ।
प्रमुख खाद्यान्न बाली धान, गहुँ, मकै, कोदो, फापर र जौको उत्पादन १ करोड ९ हजार मेट्रिकटन हुने अनुमान छ ।

नयाँ पत्रिकाको सोही पृष्ठमा ‘मौरीपालनमा किसानको आकर्षण बढ्दै’ शीर्षकमा समाचार प्रकाशित भएको छ ।

तेह्रथुममा मौरीपालन व्यवसाय फस्टाउन थालेको छ । फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य पेसा व्यवसायमा लागेकाहरूले पनि सजिलै पाल्न सक्ने भएकाले मौरीपालन व्यवसायप्रति जिल्लाका गाउँदेखि सहरसम्मका किसानले मौरीपालन गरिरहेका छन् ।

महको बजार अभाव नभएको र मौरी गोलाको समेत अत्यधिक माग रहेकाले किसानले अन्य पेसा व्यवसायसँगै मौरीपालन पनि गरेका छन ।

त्यसैगरी आजको समाचारपत्रको पहिलो पृष्ठमा ‘फेवातालबाट चार पर्यटकको उद्दार’ र सामूदागिक वन उपभोक्ता महासघँको जिल्ला अधिवेसन शीर्षकका समाचार प्रकाशित भएका छन् ।

राजधानी दैनिकले ‘झाडापखाला नियन्त्रणमा’ र ‘कुल गार्हस्थ्य उत्पादनमा कृषिको हिस्सा घट्दो’ शीर्षकमा समाचार छापिएको छ ।

राजधानीको पृष्ठ १० मा ‘तामाकोसीको निर्णयविरुद्ध दोलखावासी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार