Friday, September 20, 2024

सालको काठ सहित दुई जना पक्राउ

काठमाडौं – घरमा लुकाई–छिपाई राखेको सालको काठ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१३ ठूलोथली बस्ने ठाकुरसिंह मोक्तानको घरमा अबैध रूपमा लुकाई–छिपाई राखेको सालको चिरान काठ १ सय १२ थान र लालीमाया मोक्तानको घरमा लुकाई–छिपाई राखेको सालको चिरान काठ ६८ थान सहित दुवैजनालाई प्रहरी पक्राउ गरेको छ ।

प्रहरी र जिल्ला वन कार्यालय मकवानपुरको संयुक्त टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार